मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘बोक्सीको घर’को टिजर सार्वजनिक

काठमाडौँ- फिल्म ‘बोक्सीको घर’को टिजर सार्वजनिक भएको छ। शुक्रबार आज महाशिवरात्री तथा ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस अवसर पारेर फिल्म निमार्णपक्षले टिजर सार्वजनिक गरिएको हो।

सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको फिल्मको टिजर ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । यो फिल्म आगामी वैशाख १४ गते प्रदर्शनमा आउनेछ ।

अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा रहेको फिल्ममा सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सविन बास्तोलालगायत कलाकारको अभिनय छ।

केकी अधिकारी फिल्म्स्को ब्यानरमा बनेको फिल्मका निर्माता बद्री अधिकारी हुन् भने फिल्मका कार्यकारी निर्मातामा राज घिमिरे छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?