मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यसरी गर्न सकिन्छ कम्प्युटर वा ल्यापटपको किबोर्ड सफा 

काठमाडौँ– कार्यालय वा घरमा काम गर्न धेरै मानिसले ल्यापटप तथा कम्प्युटर प्रयोग गर्छन् । काम गर्दागर्दै ल्यापटप र डेस्कटपका किबोर्ड छिट्टै फोहर हुने गर्छ । किबोर्ड सफा राख्नुपर्छ ।

किनकि तपाईँको किर्बोड सफा भएन यो बिग्रिन सक्छ । त्यसैले आज हामी तपाइलाई किबोर्डलाई सफा गर्ने उपायका बारेमा जानकारी दिँदै छौँ । 

नियमित रूपमा यसरी सफा गर्नुहोस् किबोर्ड 

– किबोर्ड सफा गर्न, नरम ब्रिस्टलहरू भएको सानो ब्रस लिनुहोस् । यसबाहेक, स्क्रिन वाइप, माइक्रोफाइबर कपडा र ड्रायर प्रयोग गर्न सक्नुहुन्छ ।

– किबोर्ड सफा गर्नका लागि सबैभन्दा पहिले ल्यापटप वा कम्प्युटर बन्द गरी यसलाई अनप्लग गर्ने

– ल्यापटप वा डेस्कटपको किबोर्ड हातमा समाएर हलुका हल्लाउने । यसो गर्दा  किर्बोडभित्र भएको बाक्लो कण वा फोहोर छ भने बाहिर निस्कन्छ । 

– अब ब्रसको सहायताले किबोर्डलाई पुरै सफा गर्नुहोस् ।

– यसपछि एयर कम्प्रेसरको मद्दतले किबोर्ड भित्रको फोहोर फेरि सफा गर्नुहोस् ।

– अन्त्यमा बटनबाट जति फोहोर निस्किएको छ, त्यसलाई स्क्रिन वाइफ वा माइक्रोफाइबर कपडाले हल्का रूपमा हटाउनुहोस् ।

– अव ल्यापटप वा किबोर्ड फेरि प्रयोग गर्नु अघि यसलाई राम्ररी सुक्न दिनुहोस् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?