काठमाडौँ – विश्वमा कृत्रिम बौद्धिकता अर्थात एआई विकासको दौड चलिरहँदा भारत पनि त्यसमा सामेल हुने देखिएको छ ।
भारतीय अर्बपति मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिजले एआई सेक्टरमा विदेशी कम्पनीहरूलाई कडा टक्कर दिने तयारी गरेको हो।
यसैको परिणाम कम्पनीले एआई मोडेल ‘हनुमान’ ल्याउने तयारी गरेको हो । अम्बानीले च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्न भन्दै टेक्नोलोजी सम्मेलनमा भारतीय मोडलमा भारतजीपीटी घोषणा गरेका थिए।
यसअन्तर्गत कम्पनीले ‘हनुमान’ सार्वजनिक गरेको पुष्टि गरेको छ। यो मोडल अर्को महिना मार्चमा लन्च हुनेछ।
भारतजीपीटीको यो एआई मोडलले स्वास्थ्य सेवा, वित्त सेवा, सरकार र शिक्षा समावेश गरी चार क्षेत्रमा विशेष रूपमा काम गर्ने बताइएको छ।
११ स्थानीय भाषामा उपलब्ध हुने हनुमान एआई मोडलले कसरी काम गर्नेछ भन्ने झलक पनि प्रस्तुत गरिएको थियो। यो इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी विश्वविद्यालयसँगको साझेदारीमा तयार भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया