मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

क्लासिक ग्यालरीमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी

काठमाडौँ– पाटनढोका चाकुपाटस्थित क्लासिक आर्ट ग्यालरीमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी प्रदर्शनरत छ ।

फागुन २० गतेदेखि शुरु गरिएको प्रदर्शनीमा नेपाल, भारत र श्रीलंकाका ३२ जना कलाकारहरुका कलाकृतिहरु समावेश छन् ।

प्रदर्शनी उद्घाटनमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा कलाकार कान्छा कुमार कर्माचार्य, भारतका प्रख्यात कलाकार उमेश कुमार सक्सेना, कलाकार डा.सीमा शर्मा लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

अन्तर्राष्ट्रिय कला प्रदर्शनीले कलाकार र कला बीचको सम्बन्ध र कलाको बलियो बनाउँदै संस्कृति आदानप्रदान हुने कलाकार कर्माचार्यले बताए । उनले भने,‘लखनउका प्रख्यात कलाकारहरुको कला अवलोकन गर्न पाउँदा निकै खुशी लाग्यो । यसले हाम्रो सम्बन्ध बलियो बनाउँछ ।’

लखनउका कलाकार सक्सेनाले नेपालमा पहिलो प्रदर्शनी भएको बताउँदै फेरि नेपालमा प्रदर्शनी गर्ने इच्छा व्यक्त गरे । कलाकार शर्माले प्रदर्शनीले नेपाली कलाकारहरुले अवलोकन गर्नुपर्ने धारणा राखिन् । कला प्रदर्शनीले एक आपसमा सृजनात्मक कलाको विचार र शैलीको आदानप्रदान हुने उनले सुनाइन् ।

पाँच दिनसम्म जारी रहने प्रदर्शनीमा कलाकारहरुले आ–आफ्नो सृजना, संस्कृतिलाई कलामा उतारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?