काठमाडौँ – फिल्म ‘बेहुली फ्रम मेघौली’को छायांकन बुधबारदेखि सुरु भएको छ । बुधबार चितवनको एक मन्दिरमा मुहूर्त गर्दै फिल्मको छायांकन सुरु गरिएको निमार्ण पक्षले जनाएको छ ।
स्वस्तिमा खड्का र निश्चल बस्नेतको शीर्ष भूमिका रहने फिल्म ‘बेहुली फ्रम मेघौली’ कमेडी-सोसल ड्रामाको छायांकन भरतपुरको मेघौली आसपासमा ३५ दिनसम्म चल्नेछ ।
साजन काफ्ले र आकाश बरालले संयुक्तरुपमा निर्देशन गर्ने यो फिल्मबाट स्वस्तिमाले निर्मात्रीको रुपमा डेब्यु गर्दैछिन् । फिल्ममा विजय बराल, सिम्रन खड्का, आमिर गौतम पनि कलाकारको रुपमा छन् । आउँदो दशैंमा डीसीएनले यो फिल्मलाई रिलिज गर्दैछ । फिल्मको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया