काठमाडौँ – भारतले आयोजना गरेको मिस वर्ल्ड प्रतियोगितामा बलिउड फिल्म निर्माता करण जोहरले होस्ट गर्ने भएका छन् ।भारतमा यो प्रतियोगिता २८ वर्षपछि हुन लागेको हो । यसअघि यो प्रतियोगिता सन् १९९६ मा बैंगलोरमा भएको थियो ।
करणसँगै होस्टको रुपमा देखिंदाहोस्टको रुपमा मेगन योङ हुने भएकी छिन् । सन् २०१३ की मिस वर्ल्ड विजेता समेत रहेकी अभिनेत्री तथा मोडल मेगनले करणसँगै मिलेर फिनाले होस्ट गर्दैछिन् । मेगन फिलिपिन्सको चर्चित क्राइम-ड्रामा सिरिज ‘रोयल ब्लड’की अभिनेत्री समेत हुन् ।
भारतिय समाचार एजेन्सीका अनुसार शनिबार मुम्बईस्थित जियो कन्भेन्सन सेन्टरमा फिनाले हुँदैछ । जिओ वर्ल्ड सेन्टर मुम्बईको बान्द्रा कुर्ला कम्प्लेक्समा अवस्थित छ।
मिस वर्ल्ड अर्गनाइजेसनले होस्टको रुपमा पद्मश्री पुरस्कार विजेता फिल्ममेकरको नाम सार्वजनिक गरेको छ । यसबाहेक मिस वर्ल्ड फिनाले समारोहमा संगीत तथा नृत्य प्रस्तुति दिने कलाकारको पनि नाम सार्वजनिक गरेको छ ।
भारतीय गायक टोनी कक्करले प्रस्तुति दिने तय भएको छ । फिनालेकै लागि भनेर उनले कम्पोज गरेको गीतमा टोनीले बहिनी नेहा कक्करसँग प्रस्तुति दिने जनाइएको छ ।
जारी मिस वर्ल्डमा नेपालबाट प्रियंकारानी जोशीले सहभागिता जनाएकी छन् । यसपटक नेपाल ‘हेट टु हेड च्यालेन्ज’ विधाको उत्कृष्ट २५ र ‘ब्युटी विथ अ पर्पस’ विधाको उत्कृष्ट १० मा छनोट भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया