मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लुम्बिनी ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ शुरु

लुम्बिनी- बुटवलस्थित उद्योग वाणिज्य सङ्घमा लुम्बिनी ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ शुरु भएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल व्यवसायिक कलाकार सङ्घ रूपन्देहीको सह–आयोजना तथा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र रामग्राम नगरपालिकाको सहकार्यमा प्रदेशका सभामुख तुलाराम घर्ति मगरको उपस्थितिमा मंगलवारबाट प्रदर्शनी शुरु गरिएको हो ।

सभामुख मगरले राजनीतिक क्षेत्रमा लागेका व्यक्तिहरूमा कलाको चेत हुन आवश्यक भएको बताउँदै कलाको महत्वबारे प्रकाश पारे । प्रदर्शनीमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले सामाजिक रूपान्तरण : ललितकलाको अभियान सफल भएको बताए ।

प्रदेशमा प्रज्ञा–प्रतिष्ठानको महत्व बुझाउनु पर्ने धारणा राख्दै उनले कला विस्तारको लागि प्रतिष्ठान लागिपरेको सुनाए । प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख तथा लुम्बिनी प्रदेश समन्वय समिति संयोजक दिनेश्वर महतोले कला र संस्कृतिको धनी लुम्बिनी प्रदेशलाई चिनाउनुका साथै यहाँका रैथाने कला र ललितकलाकर्मीका कर्मलाई प्रवर्धन गर्न जरूरी रहेको बताए ।

समारोहमा प्रतिष्ठानका प्राज्ञसभा सदस्य नरेन्द्रप्रसाद भण्डारी, प्राज्ञ यामबहादुर थापा, उद्योग सङ्का अध्यक्ष दिलीप सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?