मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लिम्बू संस्कृति पुस्तान्तरण गर्न इलाममा महोत्सव आयोजना गरिने

इलाम – आदिवासी लिम्बू समुदायको संस्कृति संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले सदरमुकाम इलाममा आदिवासी याक्थुङ÷लिम्बू सांस्कृतिक महोत्सव र किरात याक्थुङ चुम्लुङ आयोजना गरिने भएको छ ।

चुम्लुङ महासचिव निरन्ती तुम्बापोले चुम्लुङ सङ्घीय कार्यसमिति तथा आदिवासी याक्थुङ-लिम्बू सांस्कृतिक महोत्सव मूल आयोजक समितिको आयोजना र चुम्लुङ इलाम कार्य समितिको व्यवस्थापनमा यही यही फागुन २४ र २५ गते महोत्सव तथा २५औँ राष्ट्रिय चुम्लुङ आयोजना गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

“फागुन २५ गते साँझ सहभागी सबैलाई तरेचा ‘सांस्कृतिक परिकार’ मा सहभागी गराइनेछ”, चुम्लुङ महासचिव निरन्ती तुम्बापोले भनिन् । राष्ट्रिय चुम्लुङमा विविध विषयमा छलफल हुने उनको भनाइ छ । इलामस्थित चुम्लुङ अध्यक्ष बुद्धमाया सोङ्मीले पूर्वका नौ, उपत्यकाका तीन र चितवन गरी १३ जिल्लाबाट पनि सहभागिता जनाइनेछ ।

लिम्बूवान प्रदेश कार्यसमिति र नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति, थप छ विषयगत सङ्गठनका प्रतिनिधि, विदेशस्थित चुम्लुङका प्रतिनिधि, सम्बन्धनप्राप्त लिम्बूजन्य तथा थरगत संस्थाका प्रतिनिधि, व्यवस्थापक जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य र अन्य गरी करिब दुई सय ३० जना छलफलमा सहभागी हुनेछन् ।

“त्यसअवसरमा करिब दुई सय च्याबु्रङ नृत्य ‘केलाङ’ सहित सांस्कृतिक कला प्रस्तुत गरिनेछ”, महासचिव तुम्बापोले भनिन्, “सहभागीले तागा ‘पुरुषले लाउने सांस्कृतिक पोसाक’ र मेख्ली ‘महिलाले लाउने सांस्कृतिक पोसाक’ पनि प्रदर्शन गर्नेछन् ।” महोत्सवमा मालाङ ‘धाननाच’ पनि प्रस्तुत गरिनेछ ।

चुम्लुङ सङ्घीय उपाध्यक्ष कमल तिगेलाले भने, “सांगठानिक तथा प्रगति र आर्थिक प्रतिवेदन पारित गर्दै एक वर्षे नीति–कार्यक्रम तय गरिनेछ ।”

यसका साथै मुक्कुमलुङ संरक्षण आन्दोलनको अवस्था र भावी योजना, लिम्बूवान आन्दोलन, मुन्धुम निसान हिम अवधारणा, याक्थुङ÷लिम्बू भाषा विकासको योजना बनाइने पनि उनले जानकारी दिइन् । इलाममा विजयबहादुर लिम्बूलगायतका सहिदको लिम्बुवानका लागि बलिदानको चर्चा र लिम्बू याक्थुङ भाषा अभियन्ता आसाहाङ मादेनको योगदानको चर्चा पनि गरिने उनको भनाइ छ ।

महोत्सव उद्घाटनका दिन इलामस्थित नारी विकास सङ्घको कार्यालयको प्राङगणबाट सुरु हुने सांस्कृतिक झाँकीसहितको प्रदर्शन इलाम चोक बजार पुगेर समारोहमा परिणत हुनेछ । इलाममा २०४६ सालमा चुम्लुङ गठन भएको हो । चुम्लुङले आदिवासी याक्थुङ÷लिम्बू समुदायको सांस्कृतिक, भाषिक, सामाजिक, शैक्षिकलगायत क्षेत्रमा लामो समयदेखि काम गरिरहेको चुम्लुङ इलामका सचिव राम योङहाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?