मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दैनिक एक चम्चा मह खानुहोस्, रोगहरुबाट निकै टाढा रहनुहुनेछ

काठमाडौं- मह हाम्रो गाउँघरमा सहजै उपलब्ध हुने खानेकुरा हो । दैनिक बिहान खाली पेट एक चम्चा मह खाँदा शरीरलाई धेरै फाइदा हुन्छन् । स्वादमा मिठो हुनुका साथै स्वास्थ्यका लागि पनि एकदमै फाइदाजनक हुन्छ ।

विशेषगरी जाडो मौसममा यसलाई नियमित खाँदा अझ धेरै फाइदा हुन्छ । महमा कार्बोहाइड्रेट पाइन्छ जसले शरीरमा ऊर्जा बढाउने काम गर्छ । सुस्त महसुस भइरहेको बेला महले शरीरमा ऊर्जा प्रदान गर्छ ।

महमा ग्लाइसेमिक इन्डेक्स कम हुन्छ । यसको अर्थ हो मह रगतमा विस्तारै अब्जर्ब हुन्छ जसले ब्लड सुगर लेबललाई नियन्त्रण गर्न सहयोग गर्छ । साथमा महमा एन्टीअक्सिडेन्ट र फाइटोकेमिकल्स् हुन्छन् । यसले मेटाबोलिज्म बढाउँछ र तौल घटाउन सहयोग गर्छ ।

महमा ट्रिप्टोफेन पाइन्छ । यो एउटा यस्तो रसायन हो, जसले शरीरमा सेरोटोनिनको उत्पादनमा सहयोग गर्छ । यसले निद्रालाई नियन्त्रण गर्न सकिन्छ । त्यसैले महको दैनिक सेवनले तपाईंका निद्रामा गुणात्मकता आउँछ र राम्रो निद्रा लाग्छ ।

मह स्वास्थ्यसँगै छालाका लागि पनि एकदमै फाइदाजनक मानिन्छ । यसले तपाईंको छालामा प्राकृतिक चमक ल्याउँछ । छालाको रंग पनि सफा हुँदै जान्छ । त्यस्तै, छालासँगै कपालका लागि पनि मह एकदमै लाभदायक हुन्छ । यसको नियमित सेवनले नै कपाललाई भित्रैदेखि फाइदा पुग्छ ।

एक चम्चा महको सेवनले खोकी तथा घाँटी दुख्ने जस्ता समस्याहरु हुँदैनन् । जसले गर्दा तपाईं मौसमी संक्रमणबाट जोगिन सक्नुहुन्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?