मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

खतिवडाको कथासंग्रह ‘अकथ्य’ सार्वजनिक

काठमाडौँ– रंगकर्मी प्रवीण खतिवडाको कथासंग्रह ‘अकथ्य’ सार्वजनिक भएको छ ।

शनिबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा लेखक खतिवडासँगै विश्लेषक सिके लाल, साहित्यकार सगुना शाह लगायतकाले संग्रहको लोकार्पण गरेका हुन् ।

संग्रहमा सम्धी, पुनर्जन्म, बाँकी विद्रोह, विचारको अन्त्य, प्रयोगशालाको बन्दी, न्याय हराएको, जिजीविषा लगायतका कथाहरु समावेश छन् ।

मधेशको परिवेशमा बुनिएका कथाहरुमा आवाजविहीनहरुको आवाजलाई समेटिएको लेखक खतिवडाको दाबी छ । फिल्मको कथा लेख्दालेख्दै संग्रहका लागि कथाहरु फुरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?