काठमाडौँ – टेस्ला र स्पेसएक्सका सीईओ इलन मस्कले च्याट जीपीटी बनाउने कम्पनी ओपनएआई र यसका सीईओ साम अल्टम्यान विरुद्ध मुद्दा दायर गरेका छन्।
अमेरिकाको सान फ्रान्सिस्कोको एक अदालतमा दायर गरिएको मुद्दामा कम्पनी र सिईओले एआईसँग सम्बन्धित मौलिक कन्ट्र्याक्ट सम्झौताको उल्लङ्घन गरेको आरोप लगाइएको छ ।
मस्कले ओपनएआई र माइक्रोसफ्टले आर्टिफिसियल जनरल इन्टेलिजेन्स क्षमताहरू “गैर नाफा र मानवतामा समर्पित रहने” मा सहमत भए पनि गलत रूपमा जीपीटी ४ लाई इजाजत पत्र दिएको आरोप लगाएका छन् ।
सन् २०१८ सम्म ओपनएआईको मूल बोर्ड सदस्य रहेका मस्कका अनुसार ओपनएआईको प्रारम्भिक अनुसन्धान ‘खुला तरिकाले डिजाइन, मोडेल र कोडमा निःशुल्क र सार्वजनिक पहुँच प्रदान गर्दै’ गरिएको थियो।
मस्कले भनेअनुसार यो मुद्दाले ओपनएआईलाई ‘यसको स्थापना सम्झौताको पालना गर्न र मानवताको हितको लागि एजीआई विकास गर्ने’ आफ्नो मिसनमा फर्कन बाध्य पार्ने छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया