मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी पाँच भारतीय कलाकार, जसको मृत्युको अफवाह फैलियो

काठमाडौँ – केही समय अघि विवादित बलिउड अभिनेत्री पुनम पाण्डेको मृत्युको अफवाह फैलियो । उनको आफ्नै सामाजिक सञ्जालमा पोस्ट भएपछि सनसनीपूर्ण खबर बनेको यो विषयको पाण्डे आफैले खण्डन गरिन् ।

यो क्यान्सरको जनचेतनाका लागि गरिएको नाटक भएको उनको प्रष्टोक्ती थियो ।

यहीबीचमा ‘पञ्चायत २’ अभिनेत्री आँचल तिवारीको दुर्घटनामा मृत्यु भएको खबर बाहिरियो । दुर्घटनामा आँचलसहित  ४ जना भोजपुरी कलाकारको निधन भएको भारतीय मिडियाहरूले दाबी गरेका थिए ।

पछि  आफ्नो मृत्युको समाचारको खण्डन गर्दै आँचलले सामाजिक सञ्जाल इन्स्टाग्राम स्टोरीमा राखेर आफू ज्युँदै भएको प्रस्ट पारेकी थिइन ।

यी त केही उदाहरण भए जसले कलाकारको निधन भएको अफवाहको उदाहरण दिन्छन् । तर यो नै पहिलो घटना भने हैन । यसअघि पनि थुप्रै बलिउड कलाकारको मृत्युको अफवाह फैलिई सकेको छ ।

आखिर को को थिए त यस्तो गलत समाचारको सिकार ? 

अमिताभ बच्चन

बलिउडका बीग बी अर्थात अमिताभ बच्चन पनि यस्तै अफवाहको सिकार भएका थिए । समाचारमा दाबी गरिएको थियो की उनको कार दुर्घटनामा मृत्यु भयो 

शाहरुख खान

शाहरुख खानको निधनको अफवाहले कयौ पटक उनका शुभचिन्तक पिडामा पर्ने गरेका छन् । एक पटक जहाज दुर्घटनामा उनको मृत्यु भएको झुटो खबरले सनसनी मच्चाएको थियो 

रजनीकान्त

दक्षिण भारतीय सुपरस्टार रजनीकान्त पनि यस्ता खबरको सिकार बने । आफ्नो अभिनय क्षमताले करोडौँको दिल जितेका उनको मृत्यु भएको खबर एक समय हावा सरी फैलिएको थियो 

माधुरी दीक्षित

बलिउडकी सुन्दर अभिनेत्री माधुरीको मृत्यु भएको खबर पनि कुनै समय फैलिएको थियो । खबरमा दाबी गरिएको थियो उनको मृत्यु ह्दयघातबाट भएको हो । 

आयुश्मान खुराना 

अभिनेता, गायक, र टेलिभिजन होस्ट खुरानाको पनि कुनै समय मृत्युको खबर फैलिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?