मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चतुरभक्तलाई ‘खोटाङ नागरिक सम्मान’ र रानोहँछालाई ‘खोटाङ प्रतिभा पुरस्कार’

खोटाङ– खोटाङ सेवा समाज युके (बेलायत) ले ‘खोटाङ नागरिक सम्मान र खोटाङ प्रतिभा पुरस्कार–२०८०’ घोषणा गरेको छ । 

खोटाङमा जन्मिएर हाल बेलायतमा बसोबास गरिरहेकाहरूले सन् २००७ मा स्थापना गरेको संस्थाले शिक्षाविद् एवं समाजसेवी चतुरभक्त राईलाई खोटाङ नागरिक सम्मान र कवि चन्द्र रानोहँछालाई खोटाङ प्रतिभा पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । 

रु एक लाख राशि र ताम्रपत्रसहितको नागरिक सम्मान तथा रु ५० हजार राशि र ताम्रपत्रसहितको प्रतिभा पुरस्कार आगामी चैतमा दिक्तेलमा कार्यक्रम गरेर हस्तान्तरण गर्ने निर्णय गरिएको खोटाङ नागरिक सम्मान तथा प्रतिभा पुरस्कार कोष विभागका संयोजक डिल्लीराम राईले जानकारी दिए । 

शिक्षा, समाजसेवा र साहित्यका माध्यमबाट आफ्नो माटो, ठाउँ, समाज र राष्ट्रलाई पु¥याएको योगदानको कदर गर्दै समाजसेवी चतुरभक्त र साहित्यका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै कवि रानोहँछालाई सम्मान एवं पुरस्कृत गर्ने तयारी गरिएको हो । 

समाजले साहित्य, कला, सङ्गीत, शिक्षा, खेलकुद, समाजसेवालगायत माध्यमबाट आफ्नो गाउँ, समाज र राष्ट्रलाई सेवा पुर्‍याउँदै आएका ६० वर्षमाथिका व्यक्तिलाई नागरिक सम्मान तथा २० वर्षमाथिका प्रतिभालाई खोटाङ प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ । 

समाजले पहिलो चरणमा कृषिविज्ञ मदन राई र गायक रुपकुमार राई, दोस्रो चरणमा साहित्यकार जसराज किराँती र सङ्गीतकार शान्तिराम राई, तेस्रो चरणमा शिक्षासेवी एवं समाजसेवी इमानसिं राई र गीतकार टीका चाम्लिङलाई नागरिक सम्मान तथा खोटाङ प्रतिभा पुरस्कार प्रदान गरिसकेकाे छ ।

त्यस्तै चौथो चरणमा स्वास्थ्यकर्मी ध्रुवलक्ष्मी राई र सञ्चार अभियानकर्मी टङ्कबहादुर थापा तथा पाँचौँ चरणमा शिक्षाविद् जयकुमार राई र साहित्यकार एवं प्राध्यापक डा धनप्रसाद सुवेदीले याे पुरस्कारबाट सम्मानित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?