काठमाडौँ – इन्टरनेटको दुनियाँमा सेकेन्ड सेकेन्डमा क्रान्तिकारी परिवर्तन भइरहँदा अब ६ जीको तयारी सुरु भएको छ । फाइभजी नेटवर्क नै कतिपय देशहरूमा परीक्षणकै क्रममा रहँदा यसअघिनै विश्व ६ जी प्रविधि ल्याउने तयारीमा छ।
यो प्रविधिमा अहिलेको ५जी भन्दा १०० गुणा छिटो हुनेछ जुन छिटो इन्टरनेटको लागि प्रसिद्ध छ। केवल एक सेकेन्डमा १ टेराबाइट क्षमताको फाइल डाउनलोड गर्न सक्षम हुने अनुमान गरिएको छ।
सिक्सजी नेटवर्कमा १०००००० एमबीपीएस अर्थात् १ टिबीपीएस स्पीड उपलब्ध हुनेछ । जुन सपना जस्तो लाग्दा जुनिपर रिसर्चले ६ जीको सम्भाव्यताबारे सार्वजनिक गरेको रिपोर्टले यो सम्भावनाको बारेमा बताएको हो ।
रिपोर्टका अनुसार ६जी नेटवर्कमा १ टिबी प्रति मिनेटको गतिमा डाटा ट्रान्सफर गर्न सकिन्छ। साथै ६जी सुरु भएको २ वर्षभित्र करिब २९ करोड मानिस यस वायरलेस प्रविधिसँग जोडिन सक्ने अनुमान रिपोर्टले गरेको छ ।
यद्यपि यसका लागि यो दशकको अन्त्यसम्म कुर्नुपर्ने छ । अर्थात् ६ जी सेवा आधिकारिक रूपमा सन् २०२९ मा सुरु हुन सक्ने बताइँदा २०३० को अन्त्यसम्ममा विश्वव्यापी रूपमा २९ करोड ६ जी कनेक्सनमा प्रत्यक्ष हुनेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया