मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सिद्धार्थ मल्होत्रा स्टारर बलिउड फिल्म ‘योद्धा’को ट्रेलर सार्वजनिक

काठमाडौँ – सिद्धार्थ मल्होत्रा ​​स्टारर एक्शन थ्रिलर फिल्म ‘योधा’ बलिउडको बहुप्रतिक्षित फिल्म मध्ये एक हो । शुक्रबार फिल्म निमार्ण पक्षले फिल्म ‘योद्धा’को ट्रेलर सार्वजनिक गरेको छ ।

सागर आम्बरे र पुष्कर ओझा निर्देशित फिल्मको ट्रेलर फिल्मको ट्रेलर निकै दमदार छ, जहाँ हरेक दृश्यमा हाई ओक्टेन एक्सन देखिन्छ । फिल्ममा फ्लाइट भित्र देखिने एक्शन बलिउडका लागि एकदमै नौलो हो ।

देशभक्तिले प्रेरित ‘यौद्धा’को ट्रेलरको सुरुवात एक विमान अपहरणको दृश्यबाट सुरु हुन्छ । २ मिनेट ४९ सेकेण्ड लामो ट्रेलरले सिद्धार्थ मल्होत्राले अपहरित विमानलाई जोगाउन गर्ने संघर्षको कथा प्रस्तुत गर्छ । ट्रेलरमा सिद्धार्थको जबर्जस्त एक्सन अवतार देख्न सकिन्छ । यसले दर्शकलाई फिल्म ‘शेरशाह’को याद दिलाउँछ ।

फिल्ममा राशी खन्ना र दिशा पटानीको पनि मुख्य भूमिका छ । आगामी १५ मार्चमा रिलिज तयारीमा रहेको फिल्मलाई अमेजन प्राइम र धर्मा प्रोडक्सनले निर्माण गरेका हुन् । फिल्मका निर्मातामा हिरु यश जोहर, करण जोहर, अपूर्व मेहता र शशांक खेतान छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?