मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

निद्राको कमीले तपाईँको शरीरमा देखिने ११ असर

हामीले पुरा निन्द्रा सुतेनौ भने निकै असहज महसुस हुन्छ । आँखा पोल्ने,शरीरलाई अप्ठ्यारो भएको महसुस हुन्छ ।

यदि तपाईँ राम्ररी सुत्नुहुन्न र अब्सट्रक्टिभ स्लीप एपनिया (ओएसए)का लक्षणहरू छन् भने, यसले दिमागको सोच्ने र बुझ्ने क्षमतालाई असर गर्न सक्छ ।

यस विषयमा एउटा नयाँ अध्ययनले भारतमा १० मध्ये एक जनालाई यस्तो समस्या हुने र उमेर बढ्दै जाँदा मानिसको मस्तिष्कको कार्यक्षमतामा असर गर्ने देखाएको छ ।

राम्रोसँग निदाउन नसक्ने वा ओएसए भएका मानिसहरूको मस्तिष्कको क्षमता राम्रोसँग निदाउने मानिसहरूको तुलनामा कम भएको एक अनुसन्धानले देखाएको छ ।  

निद्राको कमीले शरीरमा पर्ने असरहरू :

–एकाग्रताको कमी

–स्मृतिमा प्रभाव

–मस्तिष्कको निर्णय क्षमतामा प्रभाव

–भावनात्मक स्वास्थ्य प्रभावित हुन्छ जसका कारण झर्को लाग्ने र रिस उठ्ने हुन्छ

–दिउँसोको समयमा निद्रा

–डिप्रेसन र चिन्ताको समस्या

–ऊर्जाको कमी

–रक्तचापमा प्रभाव

–हृदयरोगको जोखिम

–यदि तपाईँलाई मधुमेह छ भने, तपाईँको रोगसँग लड्ने क्षमता कम हुन्छ ।

–थकान लाग्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?