मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के शरीरमा समस्या छ ? अनार खानुहोस्, एक हप्तामै फाइदा हुनेछ

काठमाडौँ – अनार खानुका धेरै फाइदाहरु छन् । यसले शरीरलाई तत्काल ऊर्जा मात्र प्रदान गर्ने मात्र होइन, आइरनको कमीलाई पनि पार गर्छ। यदि कसैको कपाल धेरै झर्ने समस्या छ भने उसले अनार खादा धेरै फाइदा हुन्छ ।

अनारमा उच्च क्यालोरी फाइबर, भिटामिन र आइरन पाइन्छ। अनार वर्षभरि खान पाइने फल हो । तर नखाने मानिसहरु धेरै छन् । अनार खाँदा धेरै रोगबाट बच्न सकिन्छ । अनारमा प्रशस्त मात्रामा फाइबर हुन्छ । पेट पाचनका लागि पनि राम्रो हुन्छ । दैनिक ७ दिन अनार खाँदा शरीरलाई धेरै फाइदा हुन्छ ।

उच्च रक्तचापका बिरामीका लागि फाइदाजनक

उच्च रक्तचापका बिरामी हुनुहुन्छ भने अनार खानुपर्छ । अनारमा प्युनिकिक एसिड प्रचुर मात्रामा पाइन्छ । जसले कोलेस्ट्रोल कम गर्छ । यी सबै बाहेक यसले ट्राइग्लिसराइडलाई पनि कम गर्छ। नसा सफा गरेर उच्च रक्तचाप नियन्त्रण गर्छ।

तनाव कम गर्छ

अनारको जुस पिउने वा अनार खाने मानिसहरुको तनाव नियन्त्रणमा रहन्छ । यसले अक्सिडेटिभ तनाव कम गर्छ। यसले मनोवैज्ञानिक तनावलाई पनि कम गर्छ। यसले कोर्टिसोलको मात्रा पनि कम गर्छ । जसले गर्दा निद्रा राम्रो हुन्छ र तनाव हर्मोन कम हुन्छ ।

स्ट्यामिना बढ्छ

अनार खाँदा वा पिउनाले स्ट्यामिना बढ्छ । यसमा प्रशस्त मात्रामा फ्लेभोनोल पाइन्छ जसले गर्दा शरीरमा हुने सूजन कम हुन्छ । यसले हड्डी सम्बन्धी समस्यालाई पनि कम गर्छ । यी सबै बाहेक, यसले ओस्टियोआर्थराइटिसको जोखिम पनि कम गर्छ। यसका साथै अनारले हड्डीसँग सम्बन्धित धेरै रोगहरूबाट पनि बचाउन मद्दत गर्छ।

आलस्य र कमजोरी हट्छ

लगातार सुस्त र कमजोरी महसुस गर्नेहरूका लागि अनार खानु धेरै फाइदाजनक हुन्छ। अनारमा पाइने रातो रक्त कोशिकालाई बढावा दिनुका साथै यसले शरीरको कमजोरी र आलस्यलाई पनि हटाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?