काठमाडौँ– यसै वर्षको मार्चतिर भारतीय महिला निर्देशक किरण रावले निर्देशन गरेको फिल्म ‘लापता लेडिज’ प्रर्दशनमा आउदैछ ।
बलिउडमा यसअघि पनि धेरै महिला निर्देशक थिए । जसले निर्माण गरेका फिल्महरूको भारतमा मात्र नभई देश बाहिर पनि राम्रै प्रशंसा भएको थियो ।
तर धेरैलाई यो कुरा थाहा नहुन सक्छ । त्यसकारण आज हामी बलिउडका उत्कृष्ट ५ महिला निर्देशकको बारेमा जानकारी दिँदैछौँ ।
साई परान्जपे– साई पराञ्जपे बलिउडकी धेरै पुरानी निर्देशक हुन् । चार दशकअघि उनले गरिबको मुद्दा समेटिएका धेरै फिल्म निर्देशन गरेकी थिइन् ।
सन् १९९० मा रिलिज भएको ‘दिशा’ उनले नै निर्देशन गरेको फिल्म हो । तर उनले हिन्दीमा कुनै फिल्म नबनाएको लामो समय भइसक्यो ।
मीरा नायर– मीरा नायरले निर्माण गरेको ‘सलाम बम्बे’ नामक फिल्म ओस्कारको लागि पनि मनोनयनमा परेको थियो । उनका फिल्महरूमा सामाजिक यथार्थवाद झल्किन्छ ।
नन्दिता दास– नन्दिता दासलाइ बलिउडकी बहुप्रतिभाशाली व्यक्तित्वका रूपमा चिनिन्छ । उनले धेरै भाषामा फिल्म बनाएकी छिन् । उनले कपिल शर्मासँग फिल्म ‘ज्वेइगाटो’ बनाएकी थिइन् ।
यसबाहेक उनले सन् २००२ को गुजरात दङ्गामा आधारित फिल्म ‘फिराक’ बनाएकी थिइन् । फिल्मले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू समेत पाएको थियो ।
अपर्णा सेन– अपर्णा सेनको नाम बलिउडमा निकै सम्मानका साथ लिइन्छ । उनले बङ्गाली सिनेमाका साथै केही अङ्ग्रेजी फिल्ममा समेत काम गरेकी छिन् । उनको फिल्म ‘मिस्टर एन्ड मिसेस अय्यर’ लाई निकै मन पराइएको छ । यो फिल्मले राष्ट्रिय अवार्ड पनि जितेको थियो ।
कोंकणा सेन शर्मा– कोंकणा सेन शर्माले धेरै फिल्ममा अभिनय गरेकी छिन् । यसका अतिरिक्त उनले धेरै फिल्म निर्देशन पनि गरेकी छिन् । उनले सन् २०१७ मा फिल्म ‘ए डेथ इन ए गुञ्ज’ बनाएका थिए । यसबाहेक उनले ‘लस्ट स्टोरी २’ पनि बनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया