मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

निमोनिया हुनबाट कसरी जोगिने ?

निमोनिया भनेको फोक्सो सुन्निने अवस्था हो र सङ्क्रमणका कारण यस्तो समस्या हुन्छ । जो कसैलाई पनि निमोनिया हुनसक्छ तर केही मानिसहरूमा यसको सङ्क्रमणले उच्च जोखिम निम्त्याउन सक्छ ।

स–साना बालबालिका, ज्येष्ठ नागरिकहरू वा मुटु र फोक्सो सम्बन्धी समस्या, मधुमेह जस्ता मानिसहरूको रोग प्रतिरोधी क्षमतालाई कमजोर बनाउने किसिमका निश्चित दीर्घरोग भएका मानिसहरू यसको सङ्क्रमणबाट गम्भीर अवस्थामा पुग्ने उच्च जोखिममा हुन्छन्।

निमोनियाका लक्षणहरू 

यसका लक्षणहरू ज्वरो आउने, चिसो महसुस हुने, खोकी लाग्ने, श्वासप्रश्वासको समस्याका साथै कमजोरी लगायत हुन्। यसमा श्वास फेर्न गाह्रो हुने, सेप्सिस भनिने धेरै अङ्गहरूले काम नगर्ने अवस्था र मृत्यु जस्ता जटिलताहरू पनि देखा पर्न सक्छन्।् ।

सङ्क्रमण रोक्न के गर्ने ?

यसको जटिल सङ्क्रमण रोक्नका लागि समस्याको सकेसम्म छिटो पहिचान हुन आवश्यक छ ।

अमेरिकी लङ असोसिएसनका अनुसार मानिसहरूले श्वासप्रश्वासको समस्या, ओठ र औँलाको रङ निलो हुने, छाती दुख्ने, उच्च ज्वरो आउने वा कफ सहितको खोकी लाग्ने र त्यो बढ्दै जाने जस्ता लक्षण देखा पर्नासाथ चिकित्सकीय परामर्श लिनुपर्छ ।

निमोनिया कसरी फैलन्छ ?

निमोनिया धेरै तरिकाबाट फैलन सक्छ। बालबालिकाहरूको नाक वा घाँटीमा सामान्यतया पाइने भाइरस वा ब्याक्टेरिया निलेर फोक्सोमा पुग्यो भने त्यसले सङ्क्रमण गराउन सक्छ ।

तिनीहरू हावामा पानीका छिटाहरूको माध्यमबाट, खकार वा सिँगानको माध्यमबाट वा यस्तो कीटाणु रहेको सतहमा हामीले छोएको अवस्थामा पनि फैलन सक्छ।  निमोनिया गराउने र सर्ने अवस्थाबारे धेरै अनुसन्धानहरू हुन जरुरी छ जसका कारण यसको उपचार र रोकथाममा सहयोग पुग्न सक्छ ।

निमोनिया हुनबाट कसरी जोगिने ?

यसबाट जोगिनका लागि तपाईँले केही कदमहरू चाल्नुपर्ने हुन्छ । फ्लू भाइरस वा निमोकोकल ब्याक्टेरियाले निम्त्याउने निमोनियाबाट बच्नका लागि खोप पनि लगाउन सकिन्छ ।

तर अमेरिकाको न्यास्नल हार्ट, लङ एन्ड ब्लड इन्स्टिच्युटका अनुसार खोपले मात्रै निमोनियाका सबै सङ्क्रमण रोक्न सक्दैन। खोप लगाएका मानिसहरूलाई समेत निमोनिया हुनसक्ने भए पनि खोप नलगाएका मानिसहरूको तुलनामा खोप लगाएका मानिसहरूमा गम्भीर स्वास्थ्य जटिलताको जोखिम कम हुन्छ ।

उनीहरूलाई निमोनियाको लक्षण कम देखिने र लामो समयसम्म पनि नसताउने हुन्छ। सरसफाइमा ध्यान दिने(बारम्बार हात धोइरहने), धूम्रपान नगर्ने र स्वस्थ खानेकुरा तथा नियमित व्यायामका माध्यमबाट आफ्नो रोग प्रतिरोधात्मक क्षमता बलियो राखिरहने हो भने पनि निमोनियाको जोखिम कम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?