मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

खलपात्रकै कारण ‘हिट’ हुन सक्छन्, यी बलिउड फिल्महरू 

काठमाडौँ– बलिउड र दक्षिण भारतीय फिल्महरूको बीचमा बक्स अफिसमा कडा प्रतिस्पर्धा देखिन्छ ।

भारतीय मिडियाहरूका अनुसार यस वर्ष बलिउडका  रिलिज हुने यी फिल्महरूले दक्षिण भारतीय फिल्महरूलाई पछाडि पार्न सक्नेछन् । 

एनिमल पार्क– ‘एनिमल’ फिल्म ले राम्रो सफलता पाएसँगै रणवीर कपुरको नयाँ फिल्म ‘एनिमल पार्क’ पनि रिलिज हुने तयारीमा छ । भारतीय मिडियाहरूका अनुसार यस फिल्ममा रणवीर कपुर दोहोरो भूमिकामा देखिनेछन् ।

रामायण– मिडिया रिपोर्टका  अनुसार नितेश तिवारीले निर्माण गर्ने महाकाव्य रामायणको कथामा आधारित फिल्म ‘रामायण’ मा अभिनेता यश रावणको भूमिका निभाउने छन् । 

वार २– दक्षिण भारतीय फिल्महरूलाई मात दिने बलिउड फिल्मको लिस्टमा वार २ पनि पर्छ । यस फिल्मको मुख्य भूमिकामा ऋतिक रोशन मुख्य भूमिकामा देखिने छन् । यस फिल्ममा जुनियर एनटीआर खलनायकको भूमिकामा रहने छन् ।

बडे मियाँ छोटे मियाँ– यस फिल्ममा अक्षय कुमार र टाइगर श्राफ को प्रतिस्पर्धा पुथ्विराज सुकुमारनसंग हुनेछ । यो फिल्मको दर्शकहरूले प्रतीक्षा गरिरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

भुल भुलैया ३– कार्तिक आर्यनको यस फिल्ममा विद्या बालन डरलाग्दो भूमिकामा देखिनेछन् । भारतीय मिडियाहरूले पनि यो फिल्म पनि सुपर हिट हुने दाबी गरेका छन् ।

शैतान–  अजय देवगनको डराउने फिल्म ‘शैतान’ आर माधवन खलनायकको भूमिकामा देखिने छन् । यस फिल्मको बाहिरिएको एक भिडियोलाई दर्शकहरूले धेरै मन पराएका छन् भने माधवनको  लुक्स अहिले चर्चामा छ ।

टाइगर भर्सेज पठान– स्पाई युनिवर्सको फिल्म ‘टाइगर भर्सेज पठान’ मा सलमान खान र शाहरुख खान बीचको प्रतिस्पर्धा देख्न सकिन्छ ।

सिंघम ३– अजय देवगनको यो फिल्ममा अर्जुन कपुर खलनायकको भूमिकामा देखिनेछन् । हालै बाहिरिएको एक तस्वीरलाइ पनि दर्शकहरूले मन पराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?