मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पक्षघातबाट बच्न अपनाउनुहोस् यस्तो जीवनशैली 

स्ट्रोक अर्थात् पक्षघात कमै मात्रामा सुनिने तथा चर्चा गरिने विषय हो  । तर नाम कमै मात्रामा सुनिए पनि यो जटिल अवस्था नै हो ।

दिमाखमा लिएर जाने रगतको नशामा नशा बन्द भयो भने त्यसलाई स्ट्रोक,मस्तिष्कघात वा ब्रेन अट्याक भनिन्छ । स्ट्रोक पनि दुई प्रकारको हुन्छ ।

पहिलो भनेको दिमागको नशा बन्द भएर हुने स्ट्रोक मस्तिष्क घात भयो अर्को भनेको दिमागको नशा फुटेर हुने ब्रेन हृमरेज 

यसबाट बच्न कस्तो जीवनशैली अपनाउने ?

–दैनिक रूपमा कम्तीमा आधा घण्टाको समय छुट्टाएर व्यायाम गर्ने । 

–मोटोपनाको समस्या भएका व्यक्तिहरूले तौल नियन्त्रणमा ध्यान दिने । 

–चिनी,नुन र बोसो धेरै भएका खानेकुराहरूको सेवन नगर्ने ।

– मद्यपान,धूम्रपानको सेवन नगर्ने ।

– धेरै तनाव र चिन्ता नलिने ।

–मुटुका बिरामीहरूले राम्ररी औषधिको सेवन नगर्दा पनि यस्तो समस्या देखीन सक्छ । यसकारण औषधि खाइरहने व्यक्तिहरूले नियमित औषधिको सेवन गर्ने । 

–स्वस्थकर खानपान गर्नाले यसबाट बच्न सकिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?