अमेरिकी पप गायिक सेलेना गोमेजले म्युजिकबाट सन्यास लिने संकेत गरेकी छन् ।
हालै उनले दिएको एउटा अन्तरवार्तामा अब आराम गर्न चहान्छु भन्दै स्थायी रूपमै म्युजिक करियर छाड्न लागेको जनाउ दिएकी हुन् । उनी आफ्नो सारा ध्यान फिल्म र टिभी करियरमा लगाउन चाहन्छिन् ।
‘मलाई यस्तो लाग्छ कि मसँग एक अर्को एल्बम छ ।’ गोमेजले भनेकी छिन् – ‘तर म सायद अभिनयलाई रोज्नेछु ।’
सो अन्तर्वार्तामा उनले कामको बोझले सानै उमेरमा मानसिक स्वास्थ्यमा पर्ने असरबारे पनि कुरा गरिन् । उनी सन् २०१६ मा मानसिक समस्यासँग सङ्घर्ष गरिरहेकी थिइन् । यसको नतिजा स्वरुप उनले साङ्गीतिक टुर नै रोक्नुपर्ने निर्णय लिनुपरेको थियो ।
आफ्नो करियरमा २०० भन्दा धेरै अवार्ड जितेकी पप स्टार गोमेज पहिलो पटक १० वर्षको उमेरमा टिभी शो बर्नी एन्ड फ्रेन्ड्समा देखिएकी थिइन् ।
सेलेनालाई पहिला देखि नै अभिनेत्री बन्नु थियो । गायिका बन्नेबारे उनले कहिले पनि सोचेकी थिइनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया