मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

काठमाडौँ– आफूलाई स्वःघोषित सामाजिक अभियन्ता भन्दै आएकी शर्मिला वाइबा पक्राउ परेकी छन् । कमेडियन पवन खतिवडा ‘म्याकुरी’ लाई कुटपिट गरेको आरोपमा सिन्धुपाल्चोक बाह्रबिसेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कुटपिट तथा अङ्गभङग मुद्दामा वाइबालाई प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरेको जनाएको छ । गत साता शर्मिला वाइबा, म्याकुरीकी पत्नी सुम्निमा खालिङ र बहिनी गंगाले म्याकुरीमा हातपात गरेका थिए ।

लामो समयदेखि म्याकुरी र पत्नी सुम्निमाबीच विवाद चलिरहेको छ । केही दिनअघि शर्मिला वाइबा, पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी गंगाले पवन बसेको घरभित्र गएर उनीमाथि हातपात गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?