मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सामसङको पहिलो ‘स्मार्ट औँठी’ अनावरण, यस्ता छन् विशेषता

काठमाडौँ– दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले स्मार्ट रिङ अर्थात् स्मार्ट औँठी अनावरण गरेको छ । 

सामसङले मंगलबार ‘एमडब्ल्यूसी–२०२४’स्मार्ट रिङ क्याटेगरी (कोटी) मा आफ्नो पहिलो प्रवेशको रूपमा ‘ग्यालेक्सी रिङ’ अनावरण गरेको हो । 

सामसङको ग्यालेक्सी रिङ सिरामिक ब्ल्याक, प्लेटिनम सिल्भर र गोल्ड गरी तीन रङ्गहरूमा आउने उल्लेख गरिएको छ ।

सामसङ प्रतिनिधिहरूले यो रिङ अत्यन्त हलुका भएको र सजिलो तरिकाले लगाउन सकिने बताइएको छ । सामसङले ग्यालेक्सी रिङ भित्रको स्पेसिफिक सेन्सरहरूको बारेमा भने खुलासा गरिएको छैन । 

मिडिया रिपाेर्ट अनुसार यसले एक्सटेन्सिभ स्लीप ट्र्याकिङका साथ हार्टरेट, ब्रिदिङ्ग रेट (सास फेर्ने दर), नाईट मुभमेन्ट र स्लीप एपनियाको प्रारम्भिक लक्षणहरू पत्ता लगाउने क्षमता प्रदान गर्छ । 

नयाँ ग्यालेक्सी वाचहरु जस्तै ग्यालेक्सी रिङले पनि दैनिक गतिविधि, स्लिप, रेस्टिङ हार्ट रेट, र हार्ट रेट भेराइबिलिटी आधारमा संयोजन गरेर भाइटेलिटी स्कोर गणना गर्ने बताइएको छ ।

सामसङले यस ग्यालेक्सी रिङको बारेमा यस वर्षको अन्त्यमा थप विवरणहरू उपलब्ध गराउने बताएको जीएसएमएरिनाले उल्लेख गरेको छ । 

सामसङले आफ्नो नयाँ पुस्ताको फ्ल्यागशिप ग्यालेक्सी एस २४ सिरिजका स्मार्टफोनहरू अनावरण गरेसँगै दक्षिण कोरियाली ब्रान्ड सामसङले आफ्नो पहिलो स्मार्ट रिङले पनि सबैलाई चकित पारेको छ ।

सामसङको पहिलो स्मार्ट रिङ्ग निकै हलुका भएको र यो १३ ओटा साइजहरूमा उपलब्ध हुनेछ । विश्लेषक ग्रीनगार्टले सामसङ ग्यालेक्सी रिङ यस वर्षको अन्त्यसम्ममा लन्च हुने समेत  खुलासा गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?