मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आँखाको स्याहार कसरी गर्ने ?

आँखा निकै संवेदनशील अङ्ग हो । अन्य अङ्गहरूको तुलनामा आँखाको विशेष ख्याल गर्नुपर्दछ । आँखा बिनाको हाम्रो जीवन निकै कष्टकर रहन्छ ।

उज्यालोको कम वा बढी प्रयोगले हाम्रा आँखामा नराम्रो असर पार्छ । त्यस्तै धुवा,धुलोका कारण पनि आँखामा समस्या निम्तन्छ । 

आँखाको स्याहार गर्न ध्यान दिनुपर्ने कुराहरू :

–कम्प्युटरमा लामो समय काम गर्दा पनि आँखासम्बन्धी समस्या देखिन सक्छ । अफिसमा कम्प्युटरमा काम गर्नु बाध्यता हुन सक्छ । तर, घरमा त्यस्तो अवस्था नरहन पनि सक्छ । तसर्थ, सकेसम्म घरमा कम्प्युटर, मोबाइलबाट टाढै बस्दा राम्रो हुन्छ ।

–आँखाका लागि खानेकुरामा पनि ध्यान दिनुपर्छ । खासगरी, पोषण र प्रोटिनयुक्त खानाको नियमित प्रयोग गर्नुपर्छ । हरियो तरकारी, माछा, फलफूल आदिको अत्यधिक प्रयोग गर्न आवश्यक हुन्छ । यस्ता खानाले आँखासम्बन्धी गम्भीर समस्याबाट टाढै राख्ने काम गर्छ । 

–आँखासम्बन्धी कुनै समस्या छैन भन्ने थाहा भए पनि वर्षमा एक पटक जाँच गर्न भने आवश्यक हुन्छ । त्यस्तै, प्रत्येक मिनेटमा तीन–चार पटक आँखा झिम्काउनुपर्छ । यसले तन्दुरुस्त राख्नुका साथै आँखालाई तनावमुक्त गर्न सघाउँछ ।

–राति सुत्नुअघि रोगन बदाम तेलले आँखाको वरपर र आँखीभौँ वरपर र परेलामा मसाज गर्नुपर्दछ ।

–(विच हेजेल) भएको गुलाबजललाई कपासमा राखेर १० देखि १५ मिनेट आँखामा राख्ने जसले थकित आँखालाई आराम दिन्छ ।

–कोरेसोमा आलुलाई कोरेर आँखामा प्याक लगाउने । यस प्याकलाई २० मिनेटसम्म राख्ने र निकाल्ने । यस्तो गर्दा आँखा वरिपरि रहेको कालो घेरा डार्क सर्कललाई कम गर्छ ।

–हत्केलालाई राम्ररी रगडेर तताएर आँखा सेक्ने गर्नुपर्दछ । 

–घाममा निस्कँदा सन ग्लासको प्रयोगले आँखालाई सुरक्षित राख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?