मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एक स्वस्थ वयस्कले दिनमा कति वटासम्म अण्डा खाने ?

काठमाडौँ – अण्डालाई पौष्टिक खाद्य पदार्थ मानिन्छ । धेरैजसो पन्छीको अण्डा खाइने भए पनि संसारभर धेरैले खाने अण्डाचाहिँ कुखुराकै हो । यसबाहेक हाँस, बट्टाई, अष्ट्रिच आदिका अण्डा पनि धेरैले रुचिपूर्वक खाने गरेका छन् ।

अण्डा खाँदा हुने फाइदा र बेफाइदाको बारेमा पनि हामीलाई धेरैले बताउने गर्छन् । तर के तपाईलाई थाहा छ स्वस्थ शरीरका लागि दिनमा कतिवटा अण्डा खानु उचित हुन्छ ? ब्रेकफास्ट होस् वा दिउँसोको खाजा, धेरैको रोजाइको खानेकुरा हो, अण्डा। बालकदेखि वृद्धसम्मलाई अण्डा मन पर्छ।

अण्डामा धेरै किसिमका भिटामिन तथा खनिज पाइने हुँदा यसलाई ‘सुपर फुड’ मानिन्छ। त्यसैले धेरैजसो चिकित्सक दिनहुँ अण्डा खाने सल्लाह दिन्छन्। यसमा प्रोटिन, भिटामिन डी, भिटामिन बी १२ र हेल्दी फ्याट पाइन्छ। यति धेरै पोषक तत्त्व भए पनि धेरै अण्डा सेवन गर्नु पनि स्वास्थ्यका लागि हानिकारक पनि हुनसक्छ।

धेरै अण्डा खानुको बेफाइदा

पखाला : अण्डा धेरै खाँदा पखाला लाग्न सक्छ। यसले शरीरलाई निकै कमजोर बनाउँछ। त्यसैले एकैपटक धेरै अण्डा खानु हुँदैन।

कब्जियत : अण्डा बढी खाँदा पाचन प्रणालीमा प्रत्यक्ष असर पर्छ, जसले कब्जियत हुन सक्छ। कतिपय अवस्थामा पेट फुल्ने, पेटमा जलन हुने र ग्यासको समस्या हुने सम्भावना हुन्छ।

कोलेस्ट्रोल : अण्डाको पहेँलो भागमा हेल्दी फ्याट पाइन्छ। यो स्याचुरेटेड फ्याट जत्तिकै हानिकारक हुँदैन। तर उच्च कोलेस्ट्रोलको समस्या भोगिरहेकाहरूले अण्डा कम खानुपर्छ।

दिनमा कतिवटा खाने ?

पोषणतत्वले भरिपूर्ण भएकै कारण चिकित्सकहरू दिनमा एउटा अण्डा खाने सल्लाह दिने गर्छन् । अण्डामा भिटामिन ए, डी, बी तथा बी १२, लूटीन तथा जीएजेनथीन लगायतका तत्व पाइन्छ । यी तत्व आँखाका लागि निकै फाइदाजनक मानिन्छ ।

यदि एक स्वस्थ वयस्कले दैनिक एक अण्डा खान्छ भने, त्यो उनको लागि पर्याप्त छ। तर धेरै कुरा व्यक्तिको शरीर र जीवनशैलीमा पनि निर्भर गर्छ। यदि कुनै रोग छैन भने तीनवटा अण्डा पनि खान सकिन्छ । भारी व्यायाम गर्ने मानिसहरूलाई बढी प्रोटिन चाहिन्छ, यस्तो अवस्थामा उनीहरूले अण्डाको मात्रा बढाउन सक्छन्।

अण्डालाई कसरी पकाउने ?

जहाँसम्म अण्डालाई पकाउने कुरा छ, अण्डालाई साधारण तरिकाले पकाएर वा उमालेर खानु पर्दछ । धेरैजसो पोषणविद्हरू अण्डालाई फ्राई गरेर नखान सल्लाह दिन्छन् । अण्डालाई फ्राई गर्दा फ्याट तथा कोलेस्ट्रोलको मात्रा बढ्छ ।

विशेषगरी मायोनिज तथा हआइसक्रिममा हालेर काँचो तथा हल्का तरिकाले पकाइएको अण्डा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । कसैलाई फुड प्वाइजनिङको डर छ भने त्यस्ता व्यक्तिले अण्डालाई राम्ररी पकाएर पनि खान सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?