मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुत्ने समयमा किन खान हुँदैन फलफूल ?

खाना खाने, खाजा खाने लगायत हरेक खानेकुराको समय हुन्छ । तर फलफूल हामी हरेक समयमा खाने गर्दछौ । फलफूल खानका निमित्त कुन समय उपयुक्त हुन्छ भन्ने विषयमा हामीले सोच्न भ्याएकै पनि हुँदैनौ ।

तर वास्तवमै फलफूल जुन समयमा पनि खान मिल्ने हो त ?

फलफूलमा फाइबर र एन्टीअक्सिडेन्ट भरपुर हुन्छ । फलफूल दैनिक खाँदा छाला आकर्षक हुने र रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुग्छ ।

फलफूल खाने खास यही समय भन्ने त छैन, तर पनि बिहान वा दिउँसो खाने चलन छ । यसमा प्रश्न आउँछ के राति फलफूल खाँदा कुनै हानि गर्छ त ?

यसमा धेरै हदसम्म सत्यता छ । शरीरलाई चिसो प्रदान गर्ने भएकाले सकेसम्म सुन्तला, केराजस्ता फलफूल राति नखाएकै राम्रो हुन्छ । आयुर्वेदमा फलफूल मात्रा नभई अन्य खानेकुरा पनि सूर्यास्तअघि नै खानुपर्छ भन्ने उल्लेख छ ।

दिनभरको कामले शरीरलाई थकाइ लागेजस्तै पाचन अंगहरुलाई पनि थकाइ लाग्छ । सूर्यास्तपछि फलफूल वा अन्य खानेकुरा खाँदा मुटु र कलेजोलाई धेरै भार पर्छ ।

सबै फलफूलको आ–आफ्नै गुण हुन्छ । तर फलफूल खाने उत्कृष्ट समय बिहान हो भने दिउँसो खाँदा पनि फाइदाजनक नै हुन्छ ।

जस्तै, अम्लीय वर्गको फलफूलमा प्रशस्त मात्रामा भिटामिन सी र एन्टीअक्सिडेन्ट हुन्छ । यस्ता फलफूल बिहान सेवन गरेमा शरीरको प्रतिरोधी क्षमता बढाउँछ । शरीरका विषाक्त तत्त्व निकाल्न सहयोग गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?