एक अनुसन्धान अनुसार लामो समयसम्म बसिरहनु वा कुनै शारीरिक गतिविधि नगर्नेहरूमा शारीरिक रूपमा सक्रिय रहनेको तुलनामा क्यान्सरको खतरा १३ प्रतिशत अनि प्राणघातक रोगबाट मर्ने खतरा पनि ३० प्रतिशत धेरै रहेको पाइएको छ ।
यो अनुसन्धानमा बेलायतका ४९ हजार ८४१ मानिसको अध्ययन गरिएको थियो । ‘नेशनल लाइब्रेरी अफ मेडिसिन’को एउटा अध्ययनअनुसार लामो समयसम्म बसेर काम गर्नेहरूमा शारीरिक रूपमा सक्रिय रहनेको तुलनामा क्यान्सरको खतरा १३ प्रतिशत अनि प्राणघातक रोगबाट मर्ने खतरा ३० प्रतिशत धेरै हुन सक्छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को एउटा प्रतिवेदनअनुसार लामो समयसम्म बसिरहने र कुनै पनि शारीरिक गतिविधि नगर्ने गर्दा मोटोपना, मधुमेह, क्यान्सर, उच्च रक्तचाप, हाइपरटेन्शन, इन्फ्लेमेशन, मुटुसम्बन्धी रोगहरूको जोखिम बढ्ने गर्दछ ।
कुर्सीमै बसेरै काम गर्नेहरूले डाढलाई सर्पोट हुने गरी बस्नु पर्छ ।
कुर्सीमा तकिया वा कुसन राखेर कम्मरलाई सहारा दिएर पनि बसाइको आसन सही बनाउन सकिन्छ । कम्प्युटरको स्क्रिनलाई आँखाको सिधा हुने गरी राख्नुहोस् ताकि गर्धन र आँखामा कम दबाब पर्छ र खुट्टालाई जमिनमा टाँसेर राख्नुहोस्।
हरेक एक घण्टामा आफ्नो कुर्सीबाट उठेर हिँड्ने वा शरीरलाई तन्काउने गर्नुहोस्। लन्च ब्रेक वा कामको बिचमा पनि एउटै ठाउँमा बस्ने नगर्नुहोस् । यताउति डुलेर आउनुहोस्। अफिसमा पनि लिफ्टको सट्टा भर्याङ्गको प्रयोग गर्नुहोस्।
हरेक दिन कम्तीमा ३० मिनेट व्यायाम गर्नुहोस्। खानामा चिनी र जङ्क फुड सकेसम्म कम गर्नुहोस्। फलफूल र तरकारी धेरै खानुहोस्। पानीको मात्रा बढाउनुहोस्।
वर्किङ आवरमा कम्तीमा २ लिटर पानी पिउनुहोस्। कार्यालयमा मात्रै होइन घरमा पनि एकै ठाउँमा बस्दा ‘काउच पोटेटो’को खतरा बढ्छ ।
घण्टौँ एकै ठाउँमा बसेर टिभी हेर्ने वा मोबाइल हेर्ने बानीले शरीरमा प्रतिकूल असर पार्न सक्छ । यसकारण एकै ठाउँमा लामो समयसम्म बसिरहनु हुँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया