मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ओटिटीमा रिजिद हुँदै ऋतिक रोशनको फाइटर, १५० करोडमा भयो बिक्री

काठमाडौँ – ऋतिक रोशन र दीपिका पादुकोणको फिल्म ‘फाइटर’ ओटिटिमा रिलिज हुने भएको छ ।  २५ जनवरीमा हलमा रिलिज भएको यो फिल्मको ओटीटी अधिकार पनि बिक्री भइसकेको हो ।

नेटफ्लिक्सले फिल्मको डिजिटल अधिकार १५० करोडमा किनेको भारतीय मिडियाहरूको दाबी छ । अहिले फिल्मको रिलिज मिति भने घोषणा गरिएको छैन ।

नियम अनुसार कुनै पनि फिल्म बक्स अफिसमा रिलिज भएको ४ हप्तापछि मात्र ओटिटि प्लेटफर्ममा रिलिज गर्न सकिन्छ। फाइटर रिलिज भएको एक महिना भयो । यसको अर्थ  फिल्म चाँडै ओटिटीमा  रिलिज हुने आशा गर्न सकिन्छ ।

 बक्स अफिसमा हिट ‘फाइटर’मा  ऋतिक र दीपिकासँगै अनिल कपूर, करण सिंह ग्रोवर र अक्षय ओबेरोयको पनि महत्त्वपूर्ण भूमिका रहेको छ ।

सिद्धार्थ आनन्दले निर्देशित यो  फिल्मले भारतको २०० करोड क्लबमा सामेल भई विश्वभर ३०० करोड कमाएको छ । यद्यपि यो अपेक्षित सङ्कलन हैन।

समीक्षकहरूबाट फिल्मले राम्रो समिक्षा पाएको छ भने मानिसहरूबाट मिश्रित प्रतिक्रिया दिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?