मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विश्वकै महङ्गो मोनालिसाको रहस्यमयी पेन्टिङ, जसले तान्छ पूरै विश्वको ध्यान

अर्जुन धामी
572
Shares
मोनालिसाको पेन्टिङ ।

काठमाडौं– सन् १८५२ जुन २३ मा मोनालिसाको रहस्यमय मुस्कानबाट प्रभावित भएर एक फ्रान्सेली युवाले होटलको चौथो तलाबाट हाम फालेर आत्महत्या गरे । मोनालिसाको सुन्दरतामा फसेका ती युवकको कोठामा मोनालिसाको नाममा रहेको ‘सुसाइड नोट’ समेत भेटिएको थियो ।

बीसौँ शताब्दीको शुरुतिर फ्रान्सको लुभ्र म्युजियमबाट मोनालिसाको पेन्टिङ चोरी गरेको आरोपमा इटालीका भिसेन्जो पेरुगियालाई फ्रान्सको अदालतले ६ महिनाको जेल सजाय सुनाएको थियो । मोनालिसाका बारेमा यस्ता थुप्रै रोचक किस्सा इतिहासमा सामेल छन् ।

खासमा मोनालिसा कुनै युवती थिइनन् । यो एक ‘पेन्टिङ’ थियो । उक्त पेन्टिङ १४ वर्ष लगाएर इटालीका महान वैज्ञानिक तथा चित्रकार लियानार्दो दा भिन्चीले बनाएका थिए ।

पुनर्जागरण कालका इटालियन चित्रकार लियोनार्दो दा भिन्चीले बनाएको यो पेन्टिङ अहिले पनि विश्वभर निकै लोकप्रिय छ । भिन्चीले सन् १५०३ मा यो पेन्टिङ बनाउन शुरु गरेको एक वर्षभित्र उक्त पेन्टिङको धेरै काम सकिसकेका थिए तर अन्तिम रुप दिन उनलाई झण्डै १४ वर्ष लागेको थियो । यो पेन्टिङ सन् १५७७ मा तयार भएको बताइन्छ ।

यद्पधि कतिपय इतिहासकारको भनाइ के छ भने भिन्चीले यो तस्वीर अझै पूर्ण बनाएका थिएनन् । हाल यो पेन्टिङलाई फ्रान्सको लुभ्र म्युजियममा राखिएको छ ।

यो पेन्टिङमा एक युवतीको आधा कदको रुप देख्न सकिन्छ । उक्त पेन्टिङमा युवतीको सुन्दरता छ, जसलाई नाम दिइएको छ मोनालिसा ।

उक्त तस्वीर (पेन्टिङ) मा एक युवतीको निर्दोष आँखा, रहस्यमयी मुस्कान, फराकिलो निधार र रेशमी कपाल देखिन्छ । उक्त पेन्टिङमा उनी एक कुर्सीमा बसिरहेको देखिन्छ भने हातका औँलाहरु समेत वास्तविक लाग्ने खालका छन् ।

चित्रकार भिन्चीले मानव शरीरको संरचनाको अध्ययन गरेको हुनाले पनि उनले यति बेजोड चित्र बनाएको कतिपयको मान्यता छ । यसलाई इटालियन पुनर्जागरण कालको उत्कृष्ट चित्रकलाका रुपमा व्याख्या गर्ने गरिन्छ ।

यो पेन्टिङलाई विश्वमै सबैभन्दा प्रख्यात, धेरै हेरिएको र सबैभन्दा धेरै लेखिएको पेन्टिङका रुपमा लिइन्छ भने विश्वमै सबैभन्दा महङ्गो पेन्टिङ पनि यही हो ।

मोनालिसाको अर्थ पवित्र, वा कुलीन परिवारकी छोरी भन्ने हुन्छ । चित्रकार भिन्चीले २१ इन्च लम्बाइ र ३० इन्च चौडाइ रहेको यो चित्रको शीर्षक भने राखेका थिएनन् । पछि सन् १५५० मा इटलीकै प्रसिद्ध जीवनी लेखक जार्जियो वसारीले यसलाई ‘मोनालिसा’ नाम दिइएको इतिहासमा उल्लेख छ ।

लियानार्दो दा भिन्ची ।

के मोनालिसा वास्तवमै थिइन्?

चित्रमा देखिएकी सुन्दर ती युवती को थिइन् भन्ने हालसम्म पनि स्पष्ट छैन । तथापि यसबारे अझै पनि अनुसन्धानहरु भइरहेका छन् । केही चित्रकारले मोनालिसा भिन्चीले कुनै काल्पनिक पात्रको कल्पना गरेर पेन्टिङ गरेको पनि बताउने गरेका छन् ।

कतिपयले भने तत्कालीन समयमा वास्तवमै मोनालिसा जस्तै एक युवती थिइन् । भिन्चीले तिनै युवतीलाई हेरेर उक्त पेन्टिङ बनाएका थिए ।

इतिहासकार माइक बोगट–लाइरेसेनले आफ्नो पुस्तक ‘हु इज मोनालिसा ?’ मा मोनालिसा अराङ्गो प्रान्तकी इटालियन महिला इसाबेला भएको दाबी गरेका छन् । हालसम्मको अध्ययन अनुसार मोनालिसा एक इटालियन महिला रहेको पाइएको छ तर उनी को थिइन् भने अहिलेसम्म पनि रहस्यको पर्दापछाडि नै छ ।

किन हुन्छ मोनालिसाको चर्चा?

वास्तवमा यो चित्रकला (पेन्टिङ) सँग जोडिएको कथा उत्तिकै रोचक र रहस्यमयी छ । मोनालिसाका बारेमा जति चर्चा, कौतुहल तथा विवाद अहिलेसम्म विश्वको कुनै पनि अन्य कलाकृतिका बारेमा भएको छैन । चित्रमा रहेको मोनालिसाको मुस्कानमा जादुमय रहस्य रहेको धेरैको विश्वास छ ।

यो पेन्टिङमा देखिएकी युवती मान्छेको मुडअनुसार देखिने धेरैको दाबी छ । जस्तो कि, यदि तपाईँ खुशी भएको अवस्थामा हेर्नुभयो भने मोनालिसालाई मुस्कुराएको जस्तो देख्नुहुन्छ । तर, यदि तपाईँ दुःखी भएको अवस्थामा हेर्नुभयो भने पेन्टिङमा भएकी युवती पनि दुःखी भएको अनुभव हुन्छ ।

यही कारणले मोनालिसाको पेन्टिङको व्यापक चर्चा हुने गरेको छ ।

सन् १९८६ को डिसेम्बरमा अमेरिकी बेल प्रयोगशालाकी कम्प्युटर वैज्ञानिक लिलियन स्वाडजले मोनालिसा कुनै युवती नभई भिन्चीले महिलाको रुपमा आफ्नै चित्र कोरेको दाबी गरेकी छिन् । लियोनार्दो दा भिन्ची र मोनालिसाको अनुहार, आँखा, गाला र नाकमा अचम्मको समानता पनि रहेको विभिन्न अनुसन्धानले देखाएको छ ।

यदि मोनालिसाको चित्रमा रहेकी युवतीको अनुहारमा र दाह्री र आखीँभौँ जोडिएपछि पूर्ण रूपमा लियोनार्दो दा भिन्चीको जस्तै देखिने विषयले पनि यस चित्रलाई झन् रहस्यमय र चर्चाको विषय बनाएको छ ।

यद्यपि मोनालिसाको अनुहारमा लुकेको यो रहस्य पत्ता लगाउन कतिले त आफ्नो पूरै जीवन नै लगाएका छन् । र, कालान्तरमा यसको रहस्यबारे पनि खोजी भइरहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?