मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

उडिरहेको चराको दिशा हाम्रो शरीरमा पर्यो भने के हुन्छ ?

काठमाडौं – काम विशेषले हामी घर बाहिर निस्किँदा संयोगवश हाम्रो शरीरमा पंक्षीहरुको दिशा पर्छ र हामी कतिपयले त त्यसको अनुभव पनि लिइसकेका हुन्छौँ। तर उडिरहेको चराको दिशा हाम्रो शरीरमा पर्यो भने के हुन्छ ? यो कुरा सायदैलाई मात्र थाहा होला।

कतिपय मानिसहरूले यसरी उडिरहेको चराको दिशा मानिसहरुको शरीरमा पर्यो भने त्यसलाई अशुभ मान्ने गर्दछन्। कहिले काहिँ त्यसरीशरीरमा पंक्षीको दिसा परेको बेला केहि नराम्रो हुन्छ कि भन्ने डर हुन्छ। हामीलाई त्यो बेला रिस पनि उठ्छ। शरीरमा परेको पंक्षीको दिसाशुभ होला कि अशुभ भन्ने कुरा धेरैलाई थाहा छैन । ज्योतिष शास्त्रमा उल्लेख गरिए अनुसार उडिरहेको चराले मानिसको जिउमा दिशा गर्नुलाई शुभ संकेत मान्ने गरिन्छ।

यस्तो घटनाले धनलाभ हुने, शुभ समाचार तथा आउने दिनमा हुने राम्रो काम तथा कुराको संकेत दिने गरेको ज्योतिष शास्त्रमा उल्लेख छ। साथै, धेरै अगाडी देखिको कुनै रोकिराखेको काम पनि पुरा हुनेछ भन्ने संकेत दिन्छ। केहि देशहरूमा भने यसलाई अशुभ मानिन्छ। साथै, कुनै यात्रामा जाँदा वा राम्रो काम गर्न लागेको बेला चरा उडिरहेको देखेमा त्यसलाई भने सुभ संकेत मानिन्छ।

शास्त्रका अनुसार यदि चरा तपाई गइरहेको स्थान तर्फ जान्छ वा दाहिने जान्छ भने यो कार्य सफलता हुने विश्वास गरिन्छ। त्यस्तै, तपाई गइरहेको बाटो भन्दा उल्टो वा देब्रे तर्फ गएको देख्नु भयो भने यात्रा गर्न नहुने तथा अशुभ मानिने कुरो शास्त्रमा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?