मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लाभदायक औषधि तेजपत्ता यसरी प्रयोग गर्नुस्

काठमाडौं – सबैको भान्सामा सजिलै पाइने तेजपत्ता लाभदायक औषधि हो । यो एक मसला हो । जुन स्वाद र सुगन्ध बढाउन प्रयोग गरिन्छ। यी पातहरू केही हदसम्म नीलगिरीका पातहरू जस्तै देखिन्छन्। यसको प्रयोगले धेरै शारीरिक रोगहरूबाट बच्न सकिन्छ।

आयुर्वेदमा यो औषधीय पातको प्रयोगका धेरै फाइदाहरू वर्णन गरिएको छ। पाचन सुधार गर्नुका साथै जोर्नी दुख्ने, माइग्रेन, ग्यास्ट्रिक र निमोनिया जस्ता धेरै रोगहरूको उपचारमा पनि यो उपयोगी छ।

तेजपत्ता तनाव हटाउनका लागि प्रयोग गरिन्छ, यसको धूवाँबाट तनाव भगाउन सकिन्छ । राती सुत्नुअघि कोठामा तेजपत्ताको धूवाँ फैलाइयो भने तनाव हट्नुका साथै सास तथा छालासम्बन्धी समस्या पनि समाधान हुन्छन् । यसबाट अरू पनि थुप्रै फाइदा मिल्छन् तर धूवाँ कसरी फैलाउने भन्ने कुराको जानकारी भने हुनु आवश्यक छ अन्यथा बढी धूवाँका कारण नकारात्मक असर पनि पर्नसक्छ ।

तेजपत्ताको धूवाँले अरोमाको काम गर्छ । यसका थुप्रै फाइदा छन् । यसको विषयमा रुसका एक वैज्ञानिकले अध्ययन गरेका थिए र नतिजास्वरूप के पाए भने यसले मानिसको तनाव कम गर्नसक्छ । त्यति बेलादेखि तेजपत्तालाई अरोमा थेरापीका लागि प्रयोग गर्न थालियो । यसका साथै यो छाला तथा श्वासप्रश्वाससम्बन्धी समस्यालाई ठीक पार्न पनि सहयोगी सिद्ध हुने गर्छ ।

कसरी प्रयोग गर्ने तेजपत्ता ?

एउटा ताजा तर सुकेको तेजपत्ता लिने । यसलाई कचौरा वा कुनै एक ठिकको भाँडोमा राखेर घरबाहिर लगी बाल्ने । त्यसलाई घरभित्र ल्याई १५ मिनेट कोठामा राख्ने । तेजपातको सुगन्ध कोठाभरि फैलन्छ । यसबाट आनन्दित तथा तरोताजा महसुस हुन्छ । तेजपातलाई प्राचीन समयदेखि नै विभिन्न रोगको उपचारका लागि प्रयोग गरिँदै आइएको छ ।

घरलाई सुगन्धित बनाउन रुम फ्रेसनर तथा महँगा अत्तरको सट्टा तेजपत्ताको प्रयोग गर्नु राम्रो हुन्छ । तेजपत्ताले रुम फ्रेसनरको काम गर्नुका साथै वातावरणमा रहेका ब्याक्टेरियालाई समेत मार्छ ।

थकाइ हटाउन मद्दत गर्छ

तेजपत्ताको धूवाँले थकाइ हटाउन मद्दत गर्छ । यसको धूवाँ तथा गन्धले मस्तिष्क शान्त राख्छ, मस्तिष्कको नसामा आराम पुग्छ तथा साससँगै भित्र पस्ने यसको धूवाँले मानिसको प्रतिरक्षा प्रणाली अर्थात् इम्युन सिस्टम बलियो पार्छ ।

छारेरोगमा उपयोगी

तेजपत्ता एन्टीइन्फ्रेलेमेटरी हुन्छ । छारे रोग भएका व्यक्ति यसको धूवाँमा बस्नु राम्रो मानिन्छ । यसको धूवाँमा छारे रोगलाई जरैदेखि निर्मूल पार्ने गुण हुन्छ ।

छालाका लागि लाभदायक

तेजपत्ताको तेलमा मिनरल्स, भिटामिन्स तथा एन्टिअक्सिडेन्ट पाइनछ । त्यसकारण यो तेल मानिसको छालाका लागि अत्यावश्यक मानिन्छ । यसलाई लगाउनाले छाला कोमल, सफा एवं कीटाणुरहित बन्छ ।

साङ्ला हटाउन प्रभावकारी

तेजपत्ता साङ्ला भगाउनका लागि समेत प्रभावकारी हुन्छ । तेजपातलाई बालेर कोठामा राखिदिँदा साङ्लाहरू भाग्छन् । साङ्ला मार्न वा भगाउन अपनाइने अन्य रासायनिक उपायभन्दा यो प्रभावकारी एवं स्वस्थ हुन्छ ।

तौल घटाउन

तपाईंलाई तौल घटाउनुछ भने तेजपत्ताको चिया पिउन सक्नुहुन्छ । यसले तपाईंको शरीरको मेटाबोलिजम स्तर बढाएर शरीरबाट अतिरिक्त बोसो डढाउन सहायता गर्छ ।

मुटु जोगाउन

तेजपत्तामा भएको पोषक तत्त्वले तपाईंलाई रक्तचाप नियन्त्रणमा लिन सहयोग गर्छ । रक्तचाप नियन्त्रित रहेमा मुटुरोग लाग्न पाउँदैन ।

मधुमेह रोगीलाई लाभदायक

तेजपत्ताको चिया पिउँदा शरीरमा इन्सुलिनको स्तर बढ्छ । यसले रगतमा ग्लुकोजको मात्रा घटाइदिन्छ र मधुमेहलाई नियन्त्रणमा राख्छ ।

संक्रमणबाट बचाउन

तेजपत्तामा भएको एन्टीफंगल गुणले शरीरमा कुनै पनि किसिमको संक्रमण हुन दिँदैन । यसमा भएको क्यान्डिडा एल्बीक्यान्सले जस्तोसुकै संक्रमणसँग लड्नका लागि शरीरलाई सहायता गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?