मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अगेनोको आगोले घर खरानी

काठमाडौं- पानी परेर चिसो बढेपछि कोठा न्यानो बनाउन अगेनोमा बालेको आगो सल्किँदा उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–१ रिचेतमा एउटा घर जलेर खरानी भएको छ ।

गएराति अगेनोको आगो फुसको छानामा फैलिएपछि सिपी तामाङको कच्ची घर जलेको स्थानीय पूर्ण तामाङले जानकारी दिए ।

“दिउँसो पानी परेको थियो, साँझ चिसो बढेकाले परिवारका मानिसले अँगेनोमा आगो तापेर त्यसै छाडेका रहेछन्”, तामाङले भने, “अँगेनोमा आगो निभेको ठानेर सुत्न गएका उनीहरु घरमा आगो लागेपछि ब्युँझिएका थिए । आगोले घरमा रहेको सबै अन्नपात नष्ट भएको छ ।”

करिब २० मुरी धान, मकै, कोदोलगायत घरमा भएका सबै अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ । आगलागीबाट करिब रु १३ लाख बराबरको क्षति भएको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?