मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फोनको ब्याकग्राउन्डमा एपहरू चलेर हैरान हुनुहुन्छ ? यसरी बन्द गर्न सकिन्छ

काठमाडौँ– तपाइले चलाउने फोनमा ब्याट्री चाँडै सकिने, डेटा बढी खपत हुने तथा फोन ढिलो चल्ने जस्ता समस्या देखिएका हुन सक्छन् । 

यस्ता समस्या उत्पन्न हुनुमा तपाई फोनको ब्याकग्राउण्डमा चल्ने एपहरू पनि हुन सक्छन् । 

तपाईँले स्वचालित रूपमा एप ब्याकग्राउन्डमा चल्नबाट रोक्न वा आवश्यक परेको बेला मात्र चल्ने बनाउन सकिन्छ ।

आज हामी तपाइलाई ब्याक ग्राउन्डमा चल्ने एपहरुलाई बन्द गर्ने उपायका बारेमा जानकारी दिँदै छौँ ।

फोर्स स्टप गर्ने 

तपाईँले कुनै पनि एप ब्याक ग्राउन्डमा नचलोस् भन्ने चाहनु हुन्छ भने फोर्स स्टप गर्नुपर्ने हुन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउन सकिन्छ । 

– सेटिङमा गएर एप्सको अप्सनमा ट्याप गर्ने । 

– आफूले ब्याक ग्राउन्डमा नचल्ने बनाउन खोजेको एप छान्ने । 

– त्यसपछि फोर्स स्टपको अप्सनमा ट्याप गर्ने 

अनावश्यक ब्याट्री खपत गर्नबाट एपलाइ रोक्न

– मोवाइलको सेटिङमा गएर एप्सको अप्सन छान्ने ।

– ब्याक ग्राउन्डमा नचलोस् भन्ने चाहनुभएको एपमा ट्याप गर्ने ।

– त्यसपछि ब्याट्रीको अप्सनमा ट्याप गरी रेस्ट्रिक्टेडको अप्सनमा ट्याप गर्ने  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?