मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

करेन्ट लागे चम्किन्छ दिमाग !

एजेन्सी– बिजुलीका नाङ्गा तार देख्दा जो कोही डराउँछन् । तारहरु सर्ट हुँदा आगलागीको जोखिम पनि बढ्ने गर्छ । करेन्ट लागेर मानिसको ज्यान समेत जाने गर्छ ।

तर एक अध्ययनले भने करेन्ट लाग्दा मानिसहरुको दिमाग तेजिलो हुने निष्कर्ष निकालेको छ । विद्युत्को स्वीच अन गर्दा नै मानिसको मस्तिष्कलाई निकै धेरै फाइदा पुग्ने दाबी गरिएको छ । यतिमात्र होइन, यसले सिर्जनशीलता पनि बढाउने गर्छ ।

जर्मनीको फ्रिबर्ग विश्वविद्यालयका शोधार्थी एलिजावेब हर्नस्टिन र उनका सहयोगीहरुले यस सम्बन्धी अध्ययन गरी सो निष्कर्ष निकालेका हुन् । बिजुलीको स्विच अन गर्दा दिमागमा बिजुलीको झट्का पुग्ने, यसरी झट्का लाग्दा वा करेन्ट लाग्दा दिमागको कोशिकालाई सकारात्मक असर पर्ने उनीहरुले बताएका छन् । न्युरोसाइन्टिस्टहरुले पनि यसलाई सकारात्मक रुपमा लिएका छन् ।

ब्रेन स्टिमुलेसन नामको एक पत्रिकामा प्रकाशित शोधका अनुसार यो कुरा केही विद्यार्थीमा टेस्ट पनि गरिएको थियो । र, ती विद्यार्थीको नतिजा राम्रो रहेको उनीहरुले निष्कर्ष निकालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?