काठमाडौँ– अमेरिकी कम्पनी इन्ट्युटिभ मेसिनको ल्याण्डर ओडीसीएसले चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको छ । योसँगै चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने विश्वकै पहिलो निजी कम्पनी बनेको छ ।
अमेरिकी समाचार संस्था न्यूयोर्क टाइम्सका अनुसार अवतरण गर्नुअघि नेभिगेसन प्रणालीमा खराबी आएको थियो । खराबी आए पनि सकुशल अवतरण गराइएको हो । समाचारका अनुसार स्पेसक्राफ्टको गति बढेपछि चन्द्रमाको वरिपरि एक फन्को लगाइएको थियो ।
ओडीसीएसले अवतरण गरेको ठाउँलाई मालापर्ट भनिने बीबीसीले जनाएको छ । चन्द्रमाको दक्षिणी धु्रवमा घामको किरण पनि पुग्दैन । वैज्ञानिकहरुले यहाँ पानी रहे पनि घाम नलाग्ने कारण बरफका रुपमा रहेको बताउँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया