मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नागरिकताका लागि विराट र अनुष्काले लण्डनमा बच्चा जन्माएका हुन्?

काठमाडौँ– बलिउड अभिनेत्री अनुष्का शर्मा र विराट कोहली हालै दोस्रो पटक अभिभावक बनेका छन् । खुशीले यो जोडीको ढोका ढकढक्याएको छ । यता, उनका छोरालाई लिएर सामाजिक सञ्जालमा अनेक किसिमका अड्कलबाजी शुरु भएको छ ।

अकायको नागरिकताको बारेमा अहिले चर्चा र परिचर्चा भइरहेको छ । केही प्रयोगकर्ताले अनुष्काले बेलायतको नागरिकता पाउनका लागि लण्डनमा छोरालाई जन्म दिएको बताएका छन् ।

यद्यपि, यो हुन सक्दैन किनभने बेलायतको नागरिकताका लागि आमाबाबुमध्ये एकसँग बेलायतको नागरिकता हुनु आवश्यक छ । वा तिनीहरू लामो समयदेखि त्यहाँ बसिरहेका हुन सक्छन् । तर विराट र अनुष्का दुवै भारतीय नागरिक हुन् र यहीँ बस्छन् ।

यस्तो अवस्थामा उनका छोरा अकायले भारतको नागरिकता पाउने भएका छन् । अकायसँग युके राहदानी हुनु पर्छ। तर, विराट अनुष्कालाई लण्डन किन यति धेरै मन पर्छ भन्ने कुरा क्रिकेटर आफैंले आफ्नो एक अन्तर्वार्तामा खुलासा गरेका थिए । जसमा उनले त्यहाँ पापाराजी संस्कृति नभएकाले बच्चाको गोपनीयतामा कुनै वाधा नआउने भएकाले लन्डन जान लागेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?