काठमाडौँ– आजभोलि धेरै मानिसले स्मार्टफोन प्रयोग गर्ने गर्छन् । यसमा मानिसको लागि आवश्यक पर्ने धेरै सुविधा पनि उपलब्ध हुन्छन् ।
मानिसहरू खाना खाँदा, बाथरुम जाँदा वा काम गर्दा पनि मोबाइलमा चलाउने बानी धेरैलाई परेको हुन्छ । जसका कारण कहिलेकाहीँ हाम्रो मोबाइल पानीमा खस्न सक्छ ।
यसरी मोबाइल पानीमा खस्दा के गर्ने भनेर धेरै थाहा हुँदैन् । तपाईँको फोन पानीमा खसेर भिज्यो भने तलका उपायहरू अपनाउन सक्नुहुन्छ :
– तपाईँको मोबाइल पानीमा खस्यो भने सबैभन्दा पहिले यसलाई बन्द गर्नुहोस् ।
– त्यसपछि ब्याट्री, सिम कार्ड, मेमोरी कार्ड फोनबाट अलग गर्नुहोस् ।
– यदि तपाईँको फोन ब्याट्री निकाल्न नमिल्ने खालको छ भने फोन बन्द नभएसम्म पावर बटन थिच्नुहोस् ।
– फोन सामानहरू अलग अलग गरिसकेपछि फोनका सबै भागहरू सुक्न दिनुहोस् ।
– जब फोन राम्रोसँग पूरै सुख्खा हुन्छ त्यसपछि सबै मात्रै अन गर्नुहोस् । तैपनि तपाइको फोन खुलेन भने मर्मत केन्द्रमा लैजानुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया