काठमाडौं- ब्लड प्रेसर बढ्नु स्वास्थ्यका लागि हानिकारक छ । यसका कारण मुटुसम्बन्धी रोगको खतरा बढ्न सक्छ । हाम्रो सामान्य बुझाईमा नुनको अत्यधिक सेवनका कारण ब्लड प्रेसर बढ्छ भन्ने विश्वास छ ।
तर ब्लड प्रेसर बढ्नुमा नुन मात्रै हानिकारक हो भनेर सोच्नु हुन्छ भने तपाई गलत सोचिरहनुभएको छ । अधिक मात्रामा क्याफिन (कफी वा चिया) को सेवन गर्दा पनि ब्लड प्रेसर बढ्न सक्छ ।
ब्लड प्रेसर बढ्ने कारणहरु-
–यदि तपाई रक्सी धेरै मात्रमा पिउनुहुन्छ भने यसको कारण पनि ब्लड प्रेसर बढ्नसक्छ ।
–चाहिनेभन्दा बढी चिनीको सेवनले पनि मुटुसम्बन्धी रोगहरु निम्त्याउँछ र ब्लड प्रेसर पनि बढाउनसक्छ ।
–ब्लड प्रेसरका रोगीले प्रशोधित मासु पनि खानुहुँदैन । यस्ता मासुलाई प्रिजर्भ गरेर राख्न नुनको प्रयोग गरिएको हुन्छ । गालेको अचार, बट्टामा पाइने सुपहरु पनि सकेसम्म खानुहुन्न ।
–अर्को भनेको नुनको मात्रा कम गर्नुपर्छ ।
–धुम्रपान र मद्यपानको सेवन गर्नुहुँदैन ।
– चिल्लो तथा बोसोयुक्त खानेकुराहरुको बढि सेवन गर्नु हुँदैन । तारेको तथा झानेको खानेकुरा, बोसोयुक्त मासु तथा रातो मासुका साथै दुध, दही, घिउको बढि सेवन पनि हानिकारक हुन्छ ।
–चाउचाउ तथा अन्य फास्टफुड उच्च रक्तचाप भएकाहरुका लागि खानै नहुने चिज हो । एक कप चाउचाउको सुपमा ८८० मिलिग्रामसम्म सोडियम हुन्छ । चाउचाउसँगै धेरै नुन तथा चिल्लो भएका अरु फास्टफुडहरुले पनि रक्तचाप बढाउने गर्दछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया