मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रंगेलीका दुई कलाकारको प्रेमिल दृश्य सार्वजनिक

काठमाडौं – फिल्म रंगेलीका प्रमुख दुई कलाकार दयाहाङ राई र मिरुना मगरका प्रेमिल दृश्य सार्वजनिक भएको छ । फिल्मको निर्माण पक्षले छायांकन अवधिको समय पारेर उनीहरूको रोमान्टिक तस्वीर सार्वजनिक गरेको हो ।

आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुने फिल्म रंगेलीमा दयाहाङ र मिरुनाले जोडी बाँधेका छन् ।अर्जुन सुवेदीको लेखन र निर्देशनमा बनेको फिल्ममा दयाहाङ र मिरुनाका साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकीलगायत कलाकार प्रमुख भूमिकामा छन् ।

हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना, सुशान्त गौतम, हर्कुलस बस्नेतको संगीत र सुशन प्रजापतिको छायांकन रहेको फिल्म संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठले निर्माण गरेका छन्, भने जीतेन्द्र खतिवडा र अनुजजंग थापा कार्यकारी निर्माता, युवक कार्की र शिवशंकर चौलागाईं सह–निर्माता तथा विवेक खड्का (योलो) एशोसियट निर्माता रहेका छन् ।

यसैबीच फिल्मको निर्माण संस्थाले मिम च्यालेन्ज घोषणा गरेको छ। जसमा विजेताले नगद, स्मार्टफोन र प्रिमियर पास प्राप्त गर्नेछन्। च्यालेन्जमा सहभागी हुन युट्युबमा रहेका रंगेलीका टिजर र गीतबाट स्क्रिनसट निकाली मिम तयार पारी सोसल मिडियामा पोस्ट गर्नुपर्ने व्यव्स्था गरिएको छ।

विजेता छान्दा फिल्म निर्माण समूहले सिजनशीलता र मिमले प्राप्त गरेको लाइक, सेयर र कमेन्टको संख्यालाई आधार मान्ने कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले जानकारी गराए। उनका अनुसार उत्कृष्ट मिम बनाउनेले नगद १० हजार र युमिडिजीको स्मार्टफोन प्राप्त गर्नेछन्। त्यस्तै, दश जनाले फिल्मको प्रिमियर शोको पास प्राप्त गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?