मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् सय वर्ष नाघेका मानिसमा हुने ८ समान विशेषता

काठमाडौँ– एक सय वर्ष पार गरिसकेका धेरै व्यक्तिहरूमा धेरै साझा विशेषता हुने गरेको एक अध्ययनले पुष्टि गरेको छ ।

स्पेनको युनिभर्सिटी अफ मड्रिडकी एक प्राज्ञ तथा मनोवैज्ञानिक मरिया डोलोरेस मेरिनोले एक सय वर्ष उमेर पार गरेका मानिसहरूमा धेरै विशेषता समान हुने बताएकी हुन् ।

‘द जर्नल अफ ह्यापीनेस स्टडिज’ मा प्रकाशित उनको हालको एक अध्ययनमा एक सय उमेर समूहका मानिसहरूमा हुने आठ समान विशेषता उल्लेख गरिएको छ ।

१. जीवनशक्ति

एक सय वर्ष पार गरेका मानिसहरूमा हुने एउटा साझा विशेषता भनेको जीवन शक्ति हो । जसलाई जीवित महसुस गर्ने इच्छा, सजगता र ऊर्जा भनी व्याख्या गरिन्छ । उमेर बढिरहँदा स्वस्थ रहनका लागि जीवन ऊर्जा एउटा महत्त्वपूर्ण विशेषता भएको मेरिनोले आफ्नो अनुसन्धान रिपाेर्टमा उल्लेख गरेकी छन् ।

२. अन्तर्क्रिया गर्ने इच्छा

मरिया डोलोरेस मेरिनोले गरेको अध्ययन अनुसार एक सय वर्ष उमेर पार गरेका मानिसहरू प्रायः सामाजिक हुन्छन् । एक सय वर्ष उमेर पार गरेका मानिसहरू बहिर्मुखी हुने र नयाँ मानिस भेट्न रुचाउने देखिएको पनि उनको भनाई छ । 

३. प्रतिबद्धता

अध्ययनहरूका अनुसार एक सय वर्ष पार गरेका मानिसहरूमा हुने अर्को साझा विशेषता भनेको कुनै पनि कुराप्रति प्रतिबद्ध हुनु हो । प्रायः उनीहरू जिम्मेवार, प्रतिस्पर्धी र परिश्रमी हुन्छन् । उनीहरू आफ्नो लक्ष्य हासिल गर्नमा दृढ हुने मरिया को अध्ययनले देखाएको छ ।

४. परिस्थितिसँग जुझ्ने क्षमता

अनुसन्धान समूहका अनुसार सहनशीलता एक सय वर्ष पार गर्नका लागि चाहिने एउटा महत्त्वपूर्ण हो । परिस्थितिसँग जुझ्ने क्षमता पनि एक सय उमेर समूहका मानिसहरूमा हुने आठ समान विशेषता उल्लेख गरिएको छ । प्रतिकूल अवस्थासँग जुध्न सक्ने र त्यो अनुभवबाट अझै बलियो हुन सक्ने क्षमताको दीर्घ जीवनसँग प्रत्यक्ष सम्बन्ध रहेको छ । 

५. व्यक्तिगत जीवनमा नियन्त्रण

एक सय वर्ष उमेर पुगेका मानिसहरूमा आफ्नो जीवनको नियन्त्रण आफैले गर्ने गरी आफ्ना लागि आफै निर्णय लिने प्रवृत्ति हुन्छ । उनीहरू स्वायत्त हुने र आफ्नो जीवनलाई चाहे अनुसार दिशानिर्देश गर्ने मेरिनोको भनाई छ ।

६. बौद्धिक प्रेरणा

मरिया डोलोरेस मेरिनोले गरेको अध्ययनले एक सय वर्ष बढी बाँच्ने मानिसहरू आफूलाई मानसिक रूपमा सक्रिय राख्ने देखाएको छ । त्यसका लागि उनीहरू जिज्ञासु हुने, माया गर्न सिक्ने र आफैँले आफूलाई सिकाउने गर्दछन् । यो पनि एक सय वर्ष पार गरेका मानिसहरुमा हुने एक समान विशेषता हो ।

७. सकारात्मक हुनु

एक सय वर्ष उमेर पार गरेका मानिसहरू प्रायः सधैँ सकारात्मक हुन्छन् । मेरिनोको अनुसन्धान अनुसार एक सय वर्ष पुगेकाहरू खुसी रहने कुरामा मात्र नभई सकारात्मक स–साना कुराहरूमा रमाउने खालका हुन्छन् ।

८. बुद्धिमत्ता

एक सय वर्ष उमेर पूरा गरेका धेरैमा हुने अर्को समान विशेषता भनेको बुद्धिमत्ता हो । मेरिनोका अनुसार यी मानिसहरूमा सोचविचार गर्न सक्ने, तर्क गर्न सक्ने, सफलतापूर्वक समस्या समाधान गर्न सक्ने र छिट्टै सिक्न सक्ने क्षमता हुन्छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?