काठमाडौँ – प्रहरीको डीएसपी हुँ भन्दै मधेसी युवामाथि दुर्व्यवहार गर्ने प्रविन श्रेष्ठ मिलापत्र गरेर छुटेका छन् ।
कार चलाइरहेका मधेसी युवालाई अपशब्द बोल्दै दुर्व्यवहार गरेको भिडियो भाइरल भएपछि उनी पक्राउ परेका थिए ।
धनगढी घर भई काठमाडाैँ महानगरपालिका–४ चुनदेवी बस्ने ५२ वर्षीय श्रेष्ठलाई प्रहरीले विपक्षी चालकसँग झिकाएर छलफल गराएको थियो । छलफल पछि उनीहरु मिलापत्र गरेर गएकाे प्रहरीले जनाएकाे छ ।
श्रेष्ठ प्रहरी नभएको प्रहरीले जनाएको छ भने उनलाई नैतिकताविरुद्धको कसुरमा पक्राउ गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया