काठमाडौँ – अश्लिल भिडिओ खिचेको आरोपमा सशस्त्र प्रहरीका एक जना डिएसपी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सशस्त्र प्रहरीको पोखरा बाहिनीमा कार्यरत डिएसपी तुलसिंह केसी रहेको प्रहरी वृत्त स्वयम्भूले जानकारी दिएको छ ।
उनीमाथि शनिबार राति हलचोकस्थित न्यू इभान पोइन्ट रेष्टुरेन्टमा महिलाको भिडिओ खिचेको आरोप छ।
महिलाको उजुरीपछि स्वयम्भू प्रहरी वृत्तको टोलीले उनलाई पक्राउ गरी अभद्र व्यवहारको कसूरमा उनी विरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया