मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मातातीर्थको ल्होंखा दबुमा ऐतिहासिक सिकाली नाच प्रदर्शन गरिँदै

काठमाडौँ – चन्द्रागिरि नगरपालिका–८ मातातीर्थस्थित ल्होंखा दबुमा सोमबार रुद्रायणी (काली देवीको)को ऐतिहासिक १२ वर्षे सिकाली नाच प्रदर्शनी गरिने भएको छ ।

ललितपुर महानगरपालिका खोकनामा रहेको रुद्रायणीदेवी मन्दिरको गुठियार (सिकाली नृत्यसँग सम्बन्धित गुठीयार)ले सो स्थानमा नाच देखाउने छन् ।

यसका लागि आज साँझ ती गुठियार (देवगण)लाई कीर्तिपुरस्थित जलविनायकमा स्वागत गरेर नाचस्थलमा ल्याइने जनाइएको छ । देवगण पैदलै ल्होंखा आउने परम्परा रहिआएको छ ।

करिब एक सय ३० वर्षपछि विसं २०६८ मा सो दबुमा सिकाली नाच प्रदर्शनी गरिएको थियो । आर्थिक अभावका कारण लामो समयसम्म सो नाच रोकिन पुगेको जनाइएको छ । 

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीको विशेष पहल र नगरपालिकाद्वारा नाचका लागि आवश्यक केही रकम विनियोजन गरिएपछि सो ऐतिहासिक नाचले चन्द्रागिरिमा निरन्तरता पाएको हो ।

काठमाडौँको पश्चिम भेगको मातातीर्थको ल्होंखामा मात्र सिकाली नाच प्रदर्शनी गरिने परम्परा रहिआएको छ । 

काठमाडौँ उपत्यकाको दक्षिणी भेगमा अवस्थित पुरानो नेवाः बस्ती खोकनामा मनाइने रुद्रायणी देवीको जात्रा (सिकाली नाच)  हरेक १२ वर्षमा खोकना बाहिर पुग्ने गरेको छ ।

पन्ध्रौँ शताब्दीमा तत्कालीन राजा अमर मल्लले रुद्रायणी देवीको मन्दिरको स्थापना गर्न लगाएको किंवदन्ती रहेको छ । वर्षको दुईपटक सिकाली देवीको जात्रा गर्ने परम्परा रहेको छ ।

उक्त जात्रामा ४६ देवगणको पूजाआजा गर्ने तथा जाभु  खुवाउने परम्परा पनि निरन्तर चलिआएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?