मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

१३ हजार फिटको उचाइमा ‘योद्दा’को पोस्टर सार्वजनिक

काठमाडौं – सिद्धार्थ मल्होत्राको आगामी फिल्म ‘ योधा’का निर्माताले १३ हजार फिटको उचाइमा फिल्मको पोस्टर सार्वजनिक गरेका छन् । निर्माताले सामाजिक सञ्जालमा टिजर सेयर गरेर यो जानकारी दिएका हुन् । यसमा प्रोफेसनल स्काई डाइभर्स दुबईको पाम आइल्याण्डमा फिल्मको पोस्टर सार्वजनिक गरेका हुन ।

भारतीय सञ्चारमाध्यमका अनुसार १३ हजार फिटको उचाइमा बलिउड फिल्मको पोस्टर सार्वजनिक भएको यो पहिलो पटक हो । अब निर्माण पक्षले फिल्मको टिजर फेब्रुअरी १९ मा रिलिज गर्ने भएको छ ।

फिल्म ‘योधा’ मा सिद्धार्थ मल्होत्रा, दिशा पटानी र राशि खन्ना पहिलो पटकसँगै देखिने भएका छन् । यो करण जोहरले निर्माण गरेको एक्सन फिल्म हो । यसलाई सागर अम्बरे र पुष्कर ओझाले निर्देशन गरेका हुन् ।

यसअघि यो फिल्म गत वर्ष जुलाई ७ मा रिलिज हुने तय भएको थियो । त्यसपछि निर्माण पक्षले डिसेम्बर ८ मा रिलिज गर्ने योजना बनाएको थियो तर पनि रिलिज हुन सकिरहेको थिएन । अब अन्ततः यो वर्ष मार्च १५ मा रिलिज हुने पक्का भएको छ ।

फिल्मको कथा अपहरण भएको विमानबाट यात्रुलाई उद्धार गर्ने कमाण्डोको कथा हो । यसमा सिद्धार्थ मल्होत्रा ​​मुख्य भूमिकामा देखिनेछन् । यसमा दिशा र राशीलाई पनि एक्सन गरेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?