मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चुकन्दर खानुका यती धेरै फाइदा

काठमाडाैँ – चुकन्दर शरीरमा रगतको मात्रा बढाउन उपयोगी खानेकुरा हो । यसको सेवन गर्दा हाम्रो शरीर स्वस्थ रहन्छ ।

शरीरमा हेमोग्लोबिनको कमी भएमा पोषणविद्हरूले चुकन्दर खाने सल्लाह दिन्छन् । दैनिक जिम जाने, व्यायाम गर्ने, उच्च रक्तचापको समस्या भएका व्यक्तिका लागि पनि चुकन्दर निकै उपयोगी हुन्छ ।

स्वस्थवर्धक खानेकुरा चुकन्दरको स्वाद मानिसहरुले त्यति रुचाउँदैनन् । तर वास्तवमा यो निकै हितकारी रहेको छ । चुकन्दरमा नाइट्रेट तत्त्व पाइन्छ । एन्टिअक्सिडेन्ट, एन्टिइन्फ्लामेटरी भिटामिन सी, भिटामिन बी १२, फाइबर, पोटासियम, मिनरल्स पाइन्छ । 

यस्ता छन् चुकन्दर खानुका फाइदाहरूः

–चुकन्दरको दैनिक सेवनले शरीरमा रगत बढाउँछ किनभने यसमा प्रशस्त मात्रामा आइरन हुन्छ । 

–यसले शरीरमा पर्याप्त मात्रामा रातो रक्तकोषिका निर्माण गर्न मद्दत गर्छ । रगतमा पाइने हेमोग्लोबिन नियन्त्रणमा राख्नुका साथै त्यसको स्तर बढाउन पनि चुकन्दर लाभदायक हुन्छ । 

–चुकन्दरमा मुख्य रूपमा जुन नाइट्रेट तत्त्व पाइन्छ, जसमा एन्टिअक्सिडेन्ट गुण हुन्छ । यसले शरीरमा अनियन्त्रित रूपमा विकास भएका कोषलाई खोजेर नष्ट गर्ने काम गर्छ । क्यान्सर जस्तो डरलाग्दो रोगबाट जोगाउँछ 

–चुकन्दरमा बीटालेन्स (बिटासायनिन) भन्ने एउटा प्राकृतिक तत्त्व हुन्छ, जुन चुकन्दरमा पाइने रातो कण (रातो रङ्ग)मा हुन्छ । यस तत्त्वले शरीरमा एन्टिअक्सिडेन्ट बनाउन सहयोग गर्छ ।

–जब हामीले चुकन्दर खान्छौँ, हाम्रो मुखमा भएका ब्याक्टेरियाले नाइट्रेटलाई नाइट्रिक अक्साइडमा परिणत गर्न थाल्छ । नाइट्रिक अक्साइड एक भासोडिलेटर हो । यसले रक्त नलीहरू फराकिलो बनाएर रगत सजिलैसँग शरीरमा प्रवाह गर्न सहयोग गर्छ ।

–शरीरका अङ्गहरूमा पर्याप्त मात्रामा अक्सिजन  पुर्‍याउने काम गर्छ । 

–चुकन्दरले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ । केही हप्ता दैनिक दुई वटा चुकन्दर खाएमा उच्च रक्तचाप औसत पाँच मिलिमिटरले कम हुनसक्छ ।

–उच्च रक्तचाप नियन्त्रणमा राखेमा मस्तिष्कघात, हृदयाघातको जोखिम १० प्रतिशतले कम हुन्छ । साथै चुकन्दर खाएको केही घण्टामा नै उच्च रक्तचाप नियन्त्रणमा प्रभाव देखिन्छ ।

–चुकन्दरको दैनिक सेवनले मस्तिष्क पनि चलायमान र स्वस्थ रहन्छ । चुकन्दरले मस्तिष्कमा रक्तप्रवाह बढाउनुका साथै मस्तिष्कको क्षमता समेत बढाउँछ । यसले रगतमा हेमोग्लोबिनको स्तर बढाएर शरीरमा सबै अङ्गमा अक्सिजन पुर्‍याउँछ। साथै यसले शरीरको चाललाई नियन्त्रण गर्ने मस्तिष्कको भागमा ‘कनेक्टिभिटी’ बढ्छ ।

–चुकन्दरले शारीरिक क्षमता बढाउन पनि महत्त्वपूर्ण भूमिका खेल्छ । पेट, मस्तिष्क, रक्तचाप नियन्त्रण भएमा शारीरिक क्षमता बढ्छ, मासंपेशीहरु बलियो र ऊर्जावान हुन्छ 

–चुकन्दरको जुस र सलादको सेवन गर्नाले कलेजो र पेटको सफाइ गर्न मद्दत गर्छ । यसमा हुने एन्टिअक्सिडेन्टले कलेजोमा हुने विकारहरूलाई बाहिर निकाल्ने काम गर्छ र कलेजोलाई नियमित रूपमा काम गर्न सक्छ 

–चुकन्दरको सेवनले मुखभित्र रहेका ब्याक्टेरियाहरुलाई सन्तुलनमा राख्न सहयोग गर्ने धेरै अध्ययनले देखाएका छन् । जसले रोग तथा ब्याक्टेरियाको स्तर कम गर्न मद्दत गर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?