मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउड अभिनेता सलमान खानको सफल हुन नसकेका प्रेम सम्बन्ध

काठमाडौँ– बलिउड अभिनेता सलमान खान अझसम्म पनि अविवाहित छन् । अभिनेता खान अहिलेसम्म अविवाहित नै रहे पनि उनको जीवनमा केटी नै नआएका भने होइन । 

भारतीय मिडियाहरूका अनुसार खानको धेरै केटीहरूसँग प्रेम सम्बन्ध जोडियो । तर सफल भने हुन सकेन । मिडिया रिपोर्टका अनुसार खानको पहिलो प्रेम कियारा आड्वानीकी काकी शाहीन जाफरीसंग थियो ।

त्यसपछि उनलाई सोमी अलिसंग पनि प्रेम भएको थियो । तर यो सम्बन्ध पनि धेरै टिक्न नै सकेन । सोमीसंगको प्रेम पनि सफल नभएपछि  खान संगीता बिजलानीसंग पनि डेटिङ गएको बताइएको छ ।

रिपोर्टका अनुसार सलमान खानको  ऐश्वर्या रायसंग पनि प्रेम सम्बन्ध रहेको थियो । यो प्रेम खानको जिन्दगीको सबैभन्दा नराम्रो प्रेमसम्वन्ध साबित भयो ।

 यसपछि सलमानको जिन्दगीमा कटरिना कैफ आएपनि यो प्रेम पनि अधुरै रह्यो । कटरिना कैफ पछि सलमानको नाम युलिया वंतुरसंग जोडियो । युलिया सलमानको नजिक भएपनि यो सम्बन्धले पनि पूर्णता नपाएको रिपोर्टका  उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?