मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेटफ्लिक्समा सबैभन्दा धेरै हेरिने भारतीय फिल्म एनिमल

काठमाडौं – रणवीर कपूर र रश्मिका मन्डन्ना स्टारर फिल्म एनिमलका लागि मानिसहरुको क्रेज अझै घटेको छैन । एनिमल अब नेटफ्लिक्समा सबैभन्दा धेरै हेरिने भारतीय फिल्म बनेको छ। यो फिल्मले ८ सय करोडभन्दा बढी कमाइ गरेको छ । यस फिल्ममा रणवीर कपुर र रश्मिका मन्डन्नाले मुख्य भूमिका निर्वाह गरेका छन् ।

यसलाई सन् २०२३ को सबैभन्दा ठूलो फिल्म भनिएको छ । एनिमलले बक्स अफिसमा मात्र नभई ओटीटीमा पनि ठूलो सफलता हासिल गरेको छ। निर्देशक सन्दीप रेड्डी भांगाको पछिल्लो पेन–इन्डिया फिल्म ‘एनिमल’ले अझै पनि बलिउडमा लोकप्रियताको बहाव बढाइरहेको छ ।

केही विवादका बाबजुद पनि फिल्मले व्यावसायिक र अनलाइन स्ट्रिमिङमा राम्रो सफलता पाएको छ । फिल्मले अब भने डिजिटल प्लेटफर्ममा सफलताको झण्डा गाड्न सुरु गरेको छ । डिजिटल प्लेटफर्म नेटफ्लिक्समा रिलिज भएको यो फिल्मले सर्वाधिक दर्शकको रेकर्ड राखेको छ ।

यसले गैर–अंग्रेजी फिल्म वर्गमा लगातार दुई हप्तासम्म प्लेटफर्मको ग्लोबल चार्टमा आफ्नो स्थान बनाएको छ । फिल्मको सफलतालाई फिल्म विश्लेषकहरूले महत्त्वपूर्ण उपलब्धि र दर्शकमाझ लोकप्रियताको प्रमाणका रूपमा विश्लेषण गरेका छन् ।

नेटफ्लिक्समा यसको सफलताको अतिरिक्त, डिलक्स संस्करणको रूपमा जारी गरिएको ‘एनिमल’को साउण्ड ट्रयाकले पनि नयाँ रेकर्ड कायम गरेको छ । स्पोटीफाईमा सबैभन्दा छिटो ५ सय मिलियन बढी स्ट्रिम जम्मा गर्ने भारतीय एल्बमको रेकर्ड राखेको छ । फिल्ममा रणवीर कपूर, अनिल कपूर, बबी देवल, तृप्ति डिम्री, रश्मिका मन्दाना लगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?