मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज पीएम मोदीले युएईमा हिन्दु मन्दिरको उदघाटन गर्ने

काठमाडौं । संयुक्त अरब इमिरेटसमा बनेका हिंदू मंदिरको १४ फरवरीमा भारतको पीएम नरेंद्र मोदी उद्घाटन गर्ने भएका छन । समाचार एजेन्सीका अनुसार मन्दिर निर्माण संस्था बिएपीएसले आफ्नो आधिकारिक टविटर ह्यान्डलबाट भिडियो सेयर गरेको छ। जहाँ यस भिडियोमा मन्दिरको निर्माण कसरी भयो ? भनेर देखाउने प्रयास गरिएको छ ।

मन्दिर निर्माण गर्ने बापिएस स्वामि नारायण संस्थाले हिन्दु मन्दिरको निर्माण निकै तीव्र गतिमा भएको बताएको छ । कोभिडको समयमा मन्दिर प्रशासनले यूएई र भारतबाट अरब इमिरेट्समा धेरै मानिसहरूलाई मद्दत गरेको थियो । मन्दिरको निर्माण सम्पन्न हुनुअघि नै चाडपर्वमा हजारौं मानिस मन्दिर परिसरमा भेला हुन थालिसकेका छन ।

अरब इमिरेट्समा करिब ७०० करोडको लागतमा गुलाबी बालुवा र सेतो संगमरमरले हिन्दू मन्दिर निर्माण गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो मन्दिरको उद्घाटन १४ फेब्रुअरीमा गर्ने छन् । उदघाटन अघि मन्दिरमा विभिन्न अनुष्ठान गरिने छ ।

यो मन्दिर सुरुमा अरब इमिरेट्सको अबु मुरिखा क्षेत्रमा ५।४ हेक्टर जमिनमा बनाइएको थियो । मन्दिर परिसरलाई पछि सामुदायिक हल र पार्किङ क्षेत्रहरू समावेश गर्न १० हेक्टरमा विस्तार गरिएको थियो। मन्दिरमा स्थापित सबै मूर्तिहरू हातले बनाएर कोरिएका छन्।

एक समाचार अनुसार मन्दिर निर्माण गर्ने बिएपिएस स्वामि नारायण संस्थाका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख स्वामी ब्रह्मविहारीदासले भने, ‘सद्भाव र सहिष्णुता युएईको आत्मा हो।’ उनका अनुसार सो मन्दिरले दुई देशबीच शान्ति प्रवर्द्धन गर्ने बताए । यो यूएई र भारत बीचको घनिष्ठ सम्बन्धको प्रतीक पनि हुने उनको भनाइ छ ।

यस मन्दिरको शिलान्यास सन् २०१८ मा प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए, अब उनले नै यस मन्दिरको उद्घाटन पनि गर्नेछन् । सो हिन्दू मन्दिरको उचाइ १०८ फिट रहेको बताइएको छ । मन्दिरमा ४० हजार घनमिटर संगमरमर र १ लाख ८० हजार घनमिटर बालुवा ढुङ्गा प्रयोग गरिएको छ । मन्दिर वैदिक वास्तुकलाको आधारमा डिजाइन गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?