मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

होचो कद, प्रगाढ माया

काठमाडौं- माया भन्ने चिज विचित्रको हुन्छ । न त उमेरले छेक्छ न त उनीहरुको शारीरिक वनावट र रुपरंगले नै । हाल एक जोडी चर्चामा छन् । उनीहरु दुबैको उचाइ ३ फिटभन्दा अग्लो छैन । यो जोडी दुनियाँकै होचो जोडी हो । उनीहरुको प्रेम सम्बन्ध निकै प्रगाढ छ ।

ब्राजिलका पाउलो ग्राब्रियल डा सिल्भा र क्याटिउसिया होसिनोको उचाई क्रमशः ३४.८ र ३५.२ इन्च छ । विश्वको सबैभन्दा पुड्को जोडीको रुपमा गिनिज बुकमा नाम लेखाउने तयारी गरिररहेको यो जोडीको १० वर्षअघि सोसल मिडियामा भेट भएदेखि सम्बन्ध शुरु भएको जनाइन्छ ।

३० वर्षीया पाउलो, जो निकै दुर्लभ मानिने डायस्ट्रोफिक डिस्प्लाजिया ड्वाफिर्ज्मबाट ग्रसित छन् १० वर्षअघि होसिनोलाई पहिलोपटक देख्दा नै माया बसेको बताउँछन् । मन परेपछि पाउलोले होसिनोलाई पर्पोज गरेका थिए। त्यतिखेर उनले मन नपराए पनि त्यसको १८ महिनापछि प्रेम प्रस्तावलाई स्वीकारेकी थिइन् । त्यसपछि उनीहरु डेटिंगमै मस्त हुन थाले । त्यसको ४ वर्षपछि उनीहरु सँगै बस्न थाले ।

पाउलो आफ्नो पहिलो प्रेमी भएको र ऊसँग भएका कुराहरु आफ्नो लागि पहिलो अनुभवको रुपमा रहेका होसिनो बताउँछिन् ।अहिले होसिनोले आफ्नै ब्युटी पार्लर खोलेकी छिन् भने पाउलो कानूनी सहायकको रुपमा काम गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?